रसुवामा कोरोना संक्रमित घट्दै

विदुर खबर २०७८ साउन १६ गते १८:०३

रसुवा। रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

Advertisement

शुक्रबार ६ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या ४९ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ५, कालिकामा २९ र उत्तरगयामा १५ जना रहेका छन् । संक्रमितहरूमध्ये १ जना संस्थागत ४८ जना होम आइसोलेसनमा बसेका छन् ।

Advertisement

रसुवामा हालसम्म १ हजार २ सय १८ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ हजार १ सय ६८ जना निको भएका छन् ।

जिल्लामा हालसम्म ४ हजार ४३ वटा स्वाव संकलन गरिएकोमा २ हजार ८ सय २५ नेगेटिभ र १ हजार २ सय १८ पोजेटिभ आएको थियो ।

Advertisement

प्रतिक्रिया