काभ्रेमा जुवाखालबाट ११ जना पक्राउ

विदुर खबर २०७८ साउन १३ गते १५:५७

नुवाकोट । प्रहरीले जुवातास खेल्दै गरेको खालबाट ११ जनालाई पक्राउ गरी उनिहरुको साथबाट ७ लाख १५ हजार ३५ रुपैया बरामद गरेको छ ।

Advertisement

बनेपा १४ खालचौर स्थित थोप्चेन तामाङको घरमा जुवातास खेलिरहेको उक्त समुहलाई साउन १२ गते मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । ‘स्थानीयको विशेष सूचनाका आधारमा प्रहरीले गरेको निगरानीले खालबाटै ठुलो संख्यामा जुवा खेलिरहेको समुहलाई पक्राउ गर्न सफल भएका छौं’–जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी प्रहरी प्रवक्ता हरि खतिवडाले भन्नुभयो–‘जुवातास खेलिरहेका ११ जनालाई पक्राउ गरी उनिहरुको साथमा रहेको नगद ७ लाख १५ हजार ३५ रुपैयाका साथै खोलेको ११ बुक र नखोलेको तीन बुक तास बरामद गरिएको छ । पक्राउ परेका सबैलाई ७ दिनको म्याद लिई अनुसन्धान शुरु गरिएको छ ।

’पक्राउ पर्नेहरुमा बनेपा नगरपालिका वडा नम्वर १० का २८ बर्षिय कृष्ष्ण केसी, रोशी गाउँपालिका ३ शिखरआम्बोटेका ३५ बर्षिय पाराङ लामा भन्ने खड्ग सिं लामा, बनेपा ११ पाकुटोल बस्ने ४४ बर्षिय सुमन अधिकारी, बनेपा १४ साँगा बस्ने ४० बर्षिय गणेश थापा, बनेपा ७ घर भई धनेश्वर बस्ने ४२ बर्षिय अनिल मुस्याजु, रोशी गाउँपालिका ३ को शिखर आम्बोटे बस्ने ३४ बर्षिय हिरा लामा, रोसी गाउँपालिका वडा नम्वर १ घर भई बनेपा ७ बस्ने ३७ बर्षिय चन्द्र लामा स्याङताङ, रोसी ३ घर भई बनेपा बस्ने ३५ बर्षिय थर्कमान लामा, बनेपा ६ बस्ने २६ बर्षिय किशोर अधिकारी, धुलिखेल १० सारदाबतासे बस्ने ३४ बर्षिय छिरिङ लामा र भक्तपुर सुर्यबिनायक नगरपालिका वडा ९ बस्ने ३४ बर्षिय दिपक बस्नेत रहेका छन् ।

Advertisement

बनेपा नगरपालिका वडा नमवर १४ को खालचौर स्थित थोप्चेन तामाङको घरमा अबैध रुपमा बाजि थापी पैसा हारजित हुने गरि जुवा तास खेली खेलाई रहेका छन् भन्ने बिशेष सुचनाको आधारमा कार्यालय समेतबाट प्रहरी अधिकृत सहितको टोली उक्त स्थानमा पुगी घरको अण्डर ग्राउण्डको कोठामा तास खेलिरहेका ब्यक्तिहरुलाई पक्राउ गरेको डिएस्पी हरि खतिवडाले बताउनु भयो ।

पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी संहिता,२०७४ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको डिएस्पी खतिवडाले जानकारी दिनु भयो ।

Advertisement

प्रतिक्रिया