रसुवामा १ हजार १ सय ४३ जना कोरोना संक्रमित निको भए
विदुर खबर
२०७८ साउन १२ गते ७:१४
रसुवा । रसुवामा १ हजार १ सय ४३ जना कोरोना संक्रमित निको भएका छन् ।
जिल्लामा रहेका संक्रमितमध्ये शनिबार १८ जना संक्रमित निको भएसँगै निको हुनेको संख्या १ हजार १ सय ४३ पुगेको हो । रसुवामा हालसम्म १ हजार १ सय ८४ जनामा कोरोना पुष्टि भएको थियो । तथ्यांक अनुसार संक्रमितमध्ये ९६.५३ प्रतिशत निको भएका छन् ।
जिल्लामा हाल ४० जना सक्रिय कोरोना संक्रमित छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका थिए ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा १, उत्तरगयामा २, कालिकामा ३६ र नौकुण्डमा १ जना रहेका छन् । सबै संक्रमितहरू होम आइसोलेसनमा बसेका छन् ।
जिल्लामा हालसम्म ३ हजार ९ सय ७४ वटा स्वाव संकलन गरिएकोमा २ हजार ७ सय ९० नेगेटिभ र १ हजार १ सय ८४ पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया