राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा दिने घोषणा

विदुर खबर २०७८ साउन १० गते १६:२९

नुवाकोट । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मोहम्मद अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् ।

Advertisement

उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । राष्ट्रिय फुटबल टिम उनकै नेतृत्वमा साफ च्याम्पियनसिपको तयारीमा थियो ।

अल्मुताइरीले फेसबुकमार्फत नेपाली फुटबल समर्थकलाई सम्बोधन गर्दै आफू अखिल नेपाल फुटबल संघ (एन्फा) मा जान लागेको र राजीनामा दिने बताएका छन् ।

Advertisement

उनले राजीनामा दिनु पछाडि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ जिम्मेवार रहेको पनि दाबी गरेका छन् । उनले पछिल्लो तीन सातादेखि प्रत्येक दिन नेम्वाङले व्यवधान पुर्‍याउन खोजेको आरोप पनि लगाएका छन् ।

अलुताइरीको प्रशिक्षणमा नेपालले पछिल्लोपटक एसियाली विश्वकप छनोट र एसिया कपको छनोट चरण खेलेको छ ।

Advertisement

प्रतिक्रिया