रसुवाका १ हजार १ सय ४३ जना कोरोना संक्रमित निको भएर घर फर्किए
विदुर खबर
२०७८ साउन १० गते १५:५४
रसुवा। रसुवामा १ हजार १ सय ४३ जना कोरोना संक्रमित निको भएका छन् ।
जिल्लामा रहेका संक्रमितमध्ये शनिबार १८ जना संक्रमित निको भएसँगै निको हुनेको संख्या १ हजार १ सय ४३ पुगेको हो । रसुवामा हालसम्म १ हजार १ सय ८४ जनामा कोरोना पुष्टि भएको थियो । तथ्यांक अनुसार संक्रमितमध्ये ९६.५३ प्रतिशत निको भएका छन् ।
जिल्लामा हाल ४० जना सक्रिय कोरोना संक्रमित छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका थिए । स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा १, उत्तरगयामा २, कालिकामा ३६ र नौकुण्डमा १ जना रहेका छन् ।
सबै संक्रमितहरू होम आइसोलेसनमा बसेका छन् ।
जिल्लामा हालसम्म ३ हजार ९ सय ७४ वटा स्वाव संकलन गरिएकोमा २ हजार ७ सय ९० नेगेटिभ र १ हजार १ सय ८४ पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया