पूर्व माओवादी नेताले खोले ‘आइटी आर्मी’
नुवाकोट । पूर्व माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुको पहलमा‘आइटी आर्मी’ गठन भएको छ ।
भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रम मार्फत घोषणा गरिएको ‘आइटी आर्मी’को संयोजकमा चन्द्रभुषण शाह रहेका छन् । ‘आइटी आर्मी’ घोषणा कार्यक्रममा बोल्दै पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले यसले समाजको बिकृति,बिसंगतीबिरुद्ध जनचेतना अभिबृद्धि गर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व मन्त्री प्रभु साह, र लेखराज भट्टका साथै एमाले राष्ट्रियसभा संसदीय दलका नेता सुमन प्याकुरेलले ‘आइटी आर्मी’ले सूचना प्रविधिमार्फत उत्पीडित जनताको पक्षमा काम गर्नसक्नुपर्नेमा जोड दिनुभयो ।
आइटी आर्मी’सामाजिक सञ्जालमार्फत क्रियाशील हुने सङ्गठन रहने संयोजक शाहले बताउनुभयो । आइटी आर्मीको केन्द्रीय कमिटी १५१ सदस्य रहने छ भने प्रदेश कमिटीहरू १०१ सदस्यीय हुने र जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय रहने बताईएको छ ।
आइटी आर्मी’ पनि एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सामाजिक सञ्जालमै सक्रिय संगठन रहने संयोजक शाहले बताउनुभयो । नेता महेश बस्नेत पनि आइटी आर्मी घोषणा कार्यक्रममा सहभागि हुनुभएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया