पूर्व माओवादी नेताले खोले ‘आइटी आर्मी’

विदुर खबर २०७८ साउन ६ गते ६:५०

नुवाकोट । पूर्व माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुको पहलमा‘आइटी आर्मी’ गठन भएको छ ।

Advertisement

भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रम मार्फत घोषणा गरिएको ‘आइटी आर्मी’को संयोजकमा चन्द्रभुषण शाह रहेका छन् । ‘आइटी आर्मी’ घोषणा कार्यक्रममा बोल्दै पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले यसले समाजको बिकृति,बिसंगतीबिरुद्ध जनचेतना अभिबृद्धि गर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व मन्त्री प्रभु साह, र लेखराज भट्टका साथै एमाले राष्ट्रियसभा संसदीय दलका नेता सुमन प्याकुरेलले ‘आइटी आर्मी’ले सूचना प्रविधिमार्फत उत्पीडित जनताको पक्षमा काम गर्नसक्नुपर्नेमा जोड दिनुभयो ।

Advertisement

आइटी आर्मी’सामाजिक सञ्जालमार्फत क्रियाशील हुने सङ्गठन रहने संयोजक शाहले बताउनुभयो । आइटी आर्मीको केन्द्रीय कमिटी १५१ सदस्य रहने छ भने प्रदेश कमिटीहरू १०१ सदस्यीय हुने र जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय रहने बताईएको छ ।

आइटी आर्मी’ पनि एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सामाजिक सञ्जालमै सक्रिय संगठन रहने संयोजक शाहले बताउनुभयो । नेता महेश बस्नेत पनि आइटी आर्मी घोषणा कार्यक्रममा सहभागि हुनुभएको थियो ।

Advertisement

प्रतिक्रिया