रसुवामा १ हजार १ सय ९ जना कोरोना संक्रमित निको भएर घर फर्किए
विदुर खबर
२०७८ साउन ३ गते २०:११

रसुवा । रसुवामा १ हजार १ सय ९ जना कोरोना संक्रमित निको भएका छन् ।
जिल्लामा रहेका संक्रमितमध्ये आइतबार २ जना संक्रमित निको भएसँगै निको हुनेको संख्या १ हजार १ सय ९ पुगेको हो । रसुवामा हालसम्म १ हजार १ सय ५७ जनामा कोरोना पुष्टि भएको थियो । तथ्यांक अनुसार संक्रमितमध्ये ९५.८५ प्रतिशत निको भएका छन् ।
जिल्लामा हाल ४७ जना सक्रिय कोरोना संक्रमित छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा १, उत्तरगयामा १, कालिकामा ४२ र नौकुण्डमा ३ जना रहेका छन् । सबै संक्रमितहरू होम आइसोलेसनमा बसेका छन् ।
जिल्लामा हालसम्म ३ हजार ८ सय ९३ वटा स्वाव संकलन गरिएकोमा २ हजार ७ सय ३६ नेगेटिभ र १ हजार १ सय ५७ पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया