चितवन टाइगर्सको कप्तानी सोमपालले गर्ने
नुवाकोट । नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामीले एभरेष्ट प्रिमियर लिग ईपीएलमा चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन् ।
चितवन टाइगर्सले आइतबार विज्ञप्ति जारी गर्दै चौथो सिजनको ईपीएलमा सोमपालले चितवनको कप्तानी गर्ने जनाएको हो । सोमपाल चितवनको मार्की खेलाडी समेत हुन् ।
यसअघि काठमाडौं किङ्स ११ बाट खेलेका सोमपाल ईपीएलको प्लेयर ट्रेड नियम अनुसार चितवन टाइगर्स पुगेका थिए । त्यसमा चितवनका दीपेन्द्र सिंह ऐरी काठमाडौंमा पुगेका थिए ।
सोमपालले पहिलो पटक चितवनबाट ईपीएल खेल्दैछन् । यसअघि भएको ईपीएलमा चितवनको कप्तानी पृथु बास्कोटाले गरेका थिए ।
राष्ट्रिय टोलीका नियमित तीव्र गतिका बलर सोमपालले फ्रेन्चाइज लिगमा पनि कप्तानीको अनुभव हासिल गरिसकेका छन् ।
सोमपालले नेतृत्व गर्न दिएकोमा टिम व्यवस्थापनलाई धन्यवाद दिएका छन् । ‘म कप्तानी गर्न एकदमै उत्साहित छु । म यस भूमिकामा मज्जा लिंदै त्यसमा आउने चुनौतीको सामना गर्नेछु’, सोमपालले कप्तानमा नियुक्त भएपछि भने ।
चितवन टाइगर्सकी सञ्चालन निर्देशक विनिता भट्टराईले सोमपालले नेतृत्वमा क्षमता देखाइसकेको भन्दै उनको क्षमतामा आफूहरु विश्वस्त रहेको बताइन् ।
चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म टीयू मैदानमा आयोजना हुँदैछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । ललितपुर प्याट्रिओट्स साविक विजेता टिम हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया