चितवन टाइगर्सको कप्तानी सोमपालले गर्ने
नुवाकोट । नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामीले एभरेष्ट प्रिमियर लिग ईपीएलमा चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन् ।
चितवन टाइगर्सले आइतबार विज्ञप्ति जारी गर्दै चौथो सिजनको ईपीएलमा सोमपालले चितवनको कप्तानी गर्ने जनाएको हो । सोमपाल चितवनको मार्की खेलाडी समेत हुन् ।
यसअघि काठमाडौं किङ्स ११ बाट खेलेका सोमपाल ईपीएलको प्लेयर ट्रेड नियम अनुसार चितवन टाइगर्स पुगेका थिए । त्यसमा चितवनका दीपेन्द्र सिंह ऐरी काठमाडौंमा पुगेका थिए ।
सोमपालले पहिलो पटक चितवनबाट ईपीएल खेल्दैछन् । यसअघि भएको ईपीएलमा चितवनको कप्तानी पृथु बास्कोटाले गरेका थिए ।
राष्ट्रिय टोलीका नियमित तीव्र गतिका बलर सोमपालले फ्रेन्चाइज लिगमा पनि कप्तानीको अनुभव हासिल गरिसकेका छन् ।
सोमपालले नेतृत्व गर्न दिएकोमा टिम व्यवस्थापनलाई धन्यवाद दिएका छन् । ‘म कप्तानी गर्न एकदमै उत्साहित छु । म यस भूमिकामा मज्जा लिंदै त्यसमा आउने चुनौतीको सामना गर्नेछु’, सोमपालले कप्तानमा नियुक्त भएपछि भने ।
चितवन टाइगर्सकी सञ्चालन निर्देशक विनिता भट्टराईले सोमपालले नेतृत्वमा क्षमता देखाइसकेको भन्दै उनको क्षमतामा आफूहरु विश्वस्त रहेको बताइन् ।
चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म टीयू मैदानमा आयोजना हुँदैछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । ललितपुर प्याट्रिओट्स साविक विजेता टिम हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया