रसुवामा युबा संघको टोली सामाजिक काममा खटियो

विदुर खबर २०७८ साउन २ गते १७:१८

रसुवा । राष्ट्रिय युबा संघ नेपाल, रसुवाले उत्तरगया गा.पा.का सबै कोभिड १९ विरुद्धको खोप लगाउने स्वास्थ्य चौकीहरुमा माक्स वितरण गर्नुका साथै स्वयम सेवा गरिएको छन् ।

Advertisement

हिजो शुक्रबार राष्ट्रिय युबा संघ नेपालका केन्द्रिय सदस्य दिलकृष्णा श्रेष्ठको नेतृत्वमा कोभिड १९ विरुद्धको खोप लगाउने कार्यलाई सफल पार्न उत्तरगया गा.पा.का सबै स्वास्थ्य चौकीहरुमा भिडलाई व्यवस्थापन गर्न स्वयम्सेवक परिचालन गरियो भने बोगटीटार सामुदायिक स्वास्थ्य इकाईलाई ५ सय पिस माक्स, ५ बाक्स मिनरल वाटर पानी बितरण गरिएको केन्द्रिय सदस्य श्रेष्ठ बताउनु भयो ।

हिजो शुक्रबार देखि उत्तरगया गा.पा.का डाँडागाँउ, ठुलोगाँउ, लहरेपौवा स्वास्थ्य चौकी र बोगाटीटार सामुदायिक स्वास्थ्य इकाईमा प्रत्येक स्वास्थ्य चौकीमा दैनिक ४/५ जना राष्ट्रिय युबा संघ नेपालका सदस्यहरु भिड ब्यवस्थापनका लागि स्वयम् सेवक परिचालन भई रहेको केन्द्रिय सदस्य श्रेष्ठ बताएका छन् ।

Advertisement

जेष्ठ २६ गते देखि रसुवाका उत्तरगया गा.पा. ४ स्थान, कालिका गा.पा. ३ स्थान, नौकुण्ड गा.पा. ३ स्थान, गोसाईकुण्ड गा.पा. ५ स्थान र आमाछोदिङमो गा.पा.४ स्थान गरी १९ स्वास्थ्य चौकीहरुमा ६० देखि ६४ वर्षका उमेर समुहलाई कोभिड १९ विरुद्धको खोप भेरोसेल खोप लगाउने कार्य भईरहेको छ ।

प्रतिक्रिया