उपाधि विजेता खेलाडीले आज पुरस्कार पाउने

विदुर खबर २०७८ असार २७ गते १०:०१

नुवाकोट । त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि हात पारेको राष्ट्रिय फुटबल टिमका खेलाडीले आज (आईतबार) पुरस्कार रकम पाउने भएका छन् ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर उपाधि विजेता खेलाडीलाई पुरस्कृत गर्न लागेका हुन् । गत चैतमा काठमाडौंमा सम्पन्न त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको थियो ।

कीर्गिस्तानको ओलम्पिक टिम र बंगलादेशको राष्ट्रिय फुटबल टिम सम्मिलित प्रतियोगिताको उपाधि नेपालले उचालेको थियो । फाईनल खेलमा नेपालले बंगलादेशलाई हराएको थियो । नेपालले फाईनलमा बंगलादेशलाई २–१ ले हराएको थियो । नेपालको जितमा सञ्जोक राई र बिशाल राईले एक एक गोल गरेका थिए ।

Advertisement

कोभिड लगत्तै अखिल नेपाल फुटबल संघ (एन्फा)ले दर्शक राखेर प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताको फाईनल हेर्न प्रधानमन्त्री केपी ओली रंगशाला पुगेका थिए । उनले उपाधि विजेता खेलाडीलाई मैदानमा गएर बधाई दिएका थिए ।

लगत्तै सरकारले उपाधि विजेता राष्ट्रिय टिमका खेलाडीलाई जनही ४ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा सरकारले उपाधि विजेता खेलाडीलाई जनही ४ लाख दिने निर्णय गरेको हो ।

Advertisement

सरकारले निर्णय गरेको सो पुरस्कार रकम आईतबार हस्तान्तरण गर्न लागिएको हो । प्रधानमन्त्री ओलीले औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै खेलाडीलाई पुरस्कार रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

औपचारिक कार्यक्रम बिहान साढे ११ बजे सुरु हुनेछ । खेलाडी सहित सम्पुर्ण आगन्तुकलाई साढे १० बजे पुग्न सुचित गरिएको छ ।

प्रतिक्रिया