५ वर्षमा व्यापारघाटा दोब्बर: सवा १३ खर्बको वैदेशिक व्यापारमा साढे ११ खर्ब व्यापारघाटा
काठमाडौं गत आर्थिक वर्ष २०७४÷७५ मा व्यापारघाटा साढे ११ खर्ब रुपियाँ नाघेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिकमा वर्षमा १२ खर्ब ४३ अर्ब ३० करोड रुपियाँ बराबरको आयात गर्दा ८१ अर्ब १९ करोड १६ लाख रुपियाँ बराबरको मात्र निर्यात गरेको छ ।
पछिल्ला आर्थिक वर्षमा मुलुकको कुल वैदेशिक व्यापारमा आयात र निर्यातबीचको असन्तुलन बढ्दै गएको छ । ५ वर्ष अवधिमा व्यापारघाटा झण्डै दोब्बरले बढेको भन्सार विभागको तथ्यांक छ । आर्थिक वर्ष २०६९÷७० मा ५ खर्ब ३६ अर्ब बराबर रहेको व्यापारघाटा ५ वर्षमा बढेर ११ खर्ब नाघेको छ । वार्षिक रुपमा वैदेशिक व्यापारमा वृद्धि भएसँगै मुलुकले व्यहोर्दै आएको व्यापारघाटा पनि बढ्दै गएको छ ।
वैदेशिक व्यापार २५ दशमलव २७ प्रतिशत र व्यापारघाटा २७ दशमलव ५३ प्रतिशतले बढ्यो ।
कुल वैदेशिक व्यापारमा ९३ दशमलव ९ प्रतिशत आयात र ६ दशमलव १ प्रतिशत निर्यात ।
सवारी साधन, मेसिनरी र पेट्रोलियम पदार्थको आयात कुल निर्यातभन्दा बढी
आर्थिक वर्ष २०७३÷७४ को तुलनामा गत आर्थिक वर्षमा कुल वैदेशिक व्यापार २५ दशमलव २७ प्रतिशत, आयात २६ दशमलव ३१ प्रतिशत, निर्यात ११ दशमलव १७ प्रतिशत र व्यापारघाटा २७ दशमलव ५३ प्रतिशतले बढेको छ ।
कुल १३ खर्ब २४ अर्ब ४८ करोड ३७ लाख रुपियाँ बराबरको वैदेशिक व्यापारमा ९३ दशमलव ९ प्रतिशत आयात र ६ दशमलव १ प्रतिशत मात्र निर्यातको हिस्सा रहेको छ । आर्थिक वर्ष २०७३÷७४ को कुल वैदेशिक व्यापारमा ९३ दशमलव १ प्रतिशत आयात र ६ दशमलव ९ प्रतिशत प्रतिशत निर्यात रहेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष वैदेशिक व्यापारमा आयातको योगदान शून्य दशमलव ८४ प्रतिशतले बढेको छ भने निर्यातको योगदान ११ दशमलव २६ प्रतिशतले घटेको छ ।
निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन । आर्थिक वर्ष २०७३÷७४ मा मुलुकले कुल ९ खर्व ११ अर्ब रुपियाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा व्यापारघाटा २७ दशमलव ५३ प्रतिशतले बढेको देखिन्छ ।
कुल आयातमा १६ प्रतिशत पेट्रोलियम पदार्थमात्रै गत आर्थिक वर्षमा १ खर्ब ९७ अर्ब ८५ करोड रुपियाँ बराबरको इन्धन आयात भएको छ ।
कुल वस्तु आयातमा इन्धन तथा पेट्रोलियम पदार्थको हिस्सामात्र १६ प्रतिशत देखिएको छ । त्यस्तै १ खर्ब २५ अर्ब ८८ करोड रुपियाँ बराबरका फलाम तथा स्टिलका सामान, १ खर्ब २४ अर्ब ४४ करोड रुपियाँ बराबरको मेरिनरी सामान, ८६ अर्ब ३० करोड रुपियाँ बराबरको सवारी साधन र ७८ अर्ब २८ करोड रुपियाँ बराबरको इलेक्ट्रोनिक वस्तु आयात भएको छ । यसरी हेर्दा मुलुकले गर्ने कुल निर्यातभन्दा इन्धन, फलाम तथा स्टिलका सामान र सवारी साधनको आयात बढी देखिएको छ।
भारतसँगमात्रै ७ खर्ब ६४ अर्ब व्यापारघाटा
गत आर्थिक वर्षमा नेपालले भारतसँग मात्र ७ खर्ब ६४ अर्ब ३० करोड रुपियाँ व्यापारघाटा व्यहोरेको छ । नेपालले भारतबाट ८ खर्ब १० अर्ब ९० करोड रुपियाँ बराबरको आयात गर्दा ४६ अर्ब ६० करोड रुपियाँ बराबरको मात्र निर्यात गरेको छ । त्यस्तै चीनबाट १ खर्ब ५९ अर्ब ९८ करोड रुपियाँ बराबरको आयात र २ अर्ब ४३ करोड रुपियाँबराबरको निर्यात गर्दा १ खर्ब ५७ अर्ब ५४ करोड रुपियाँ बराबरको व्यापारघाटा व्यहोरेको छ ।
आयातमा वीरगन्ज र निर्यातमा विराटनगर पहिलो
गत वर्ष वीरगन्ज नाकाबाट सबैभन्दा धेरै आयात भएको छ भने विराटनगर नाकाबाट धेरै निर्यात भएको भन्सार विभागको तथ्यांक छ । विभागको तथ्यांकअनुसार उच्च आयात गर्ने भन्सार कार्यालयमा कुल आयातको ३३ दशमलव ९४ प्रतिशत वीरगन्ज भन्सार नाकाबाट, १८ दशमलव शँन्य २ प्रतिशत भैरहवा नाकाबाट, १२ दशमलव ३० प्रतिशत विराटनगर नाकाबाट र १२ दशमलव १३ प्रतिशत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आयात भएको छ ।
त्यसैगरी कुल निर्यातमा विराटनगर भन्सार नाकाबाट सबैभन्दा धेरै ३० दशमलव २५ प्रतिशत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ दशमलव ९९ प्रतिशत र वीरगन्ज नाकाबाट १७ दशमलव ३२ प्रतिशत निर्यात भएको छ ।
आजको नेपाल समाचारपत्रमा खबर छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया