युरोकपमा आज दुई खेल हुँदै

विदुर खबर २०७८ असार १५ गते ७:१७

एजेन्सी । युरोपको विभिन्न शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार)राति दुई खेलहरु हुँदैछन् ।

Advertisement

युरोकपमा  मंगलबार राति राउण्ड अफ १६ को अन्तिम दुई खेलहरु हुने तालिका रहेको छ  । पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा स्विडेनले युक्रेनको सामना गर्नेछ  । लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहनेछन् ।

इग्न्ल्यांडले समूह ‘डी’ बाट अपराजित रहदै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो ।  इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो  । समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १-० गोल अन्तरले गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो । समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

Advertisement

जर्मनीले समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । जर्मनीले ३ खेलमा ५ अंक जोडेको थियो ।समूह चरणको पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा जर्मनीले हंगेरीसँग २-२ गोलको बराबरी खेलेको थियो  ।

युरोकपमा इंग्ल्यान्ड र जर्मनी तेस्रो पटक भिड्न लागेका हुन् । यस अघिको दुई खेलमा दुबै टोलीले एक एक जित निकालेका थिए । वेम्बलीमा दुई टिमबीचको १३ औं भेट हुनेछ । स्कटल्याण्डको ह्याम्पडेन पार्कमा हुने स्विडेन र युक्रेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।  दुबै टिम आज जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन्।

Advertisement

स्विडेन समूह ‘ई’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो  । स्विडेनले ३ खेलमा ७ अंक जोडेको थियो । समूह चरणको पहिलो खेलमा स्विडेनले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा स्लोभाकियालाई १-० ले हराएको स्विडेनले तेस्रो खेलमा पोल्याण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

युक्रेन समूह ‘सी’ बाट नकआउट चरणमा पुगेको हो । समूहको तेस्रो स्थानमा रहेको युक्रेन उत्कृष्ट तेस्रो टिम बन्दै राउण्ड अफ १६ मा पुगेको हो । युक्रेनले ३ खेलमा ३ अंक जोड्यो ।

पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नर्थ म्यासेडोनियालाई २-१ ले हराएको युक्रेन समूह चरणको अन्तिम खेलमा अष्ट्रियासँग १-० ले पराजित भएको थियो ।

स्विडेन र युक्रेनबीच पाँचौं पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको चार खेलमा स्विडेनले २ हार व्यहोरेको छ । यस्तै एक जित र एक बराबरी  खेलेको छ ।

प्रतिक्रिया