रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या घट्दै

विदुर खबर २०७८ असार १४ गते २१:०५

रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ९४ पुगेको छ । सोमबार १६ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या ९४ पुगेको हो ।

Advertisement

कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ७, कालिकामा ७५ र उत्तरगयामा १२ जना रहेका छन् । संक्रमितहरूमध्ये ५ जना संस्थागत र ८९ जना होम आइसोलेसनमा बसेका छन् ।

Advertisement

रसुवामा हालसम्म १ हजार २५ जनामा कोरोना पुष्टि भएको थियो । जसमा ९ सय ३० जना निको भएका छन् ।

जिल्लामा हालसम्म ३ हजार ६ सय ७ वटा स्वाव संकलन गरिएकोमा २ हजार ५ सय ८२  नेगेटिभ र १ हजार २५ पोजेटिभ आएको थियो ।

Advertisement

प्रतिक्रिया