रसुवामा ९ पत्रकारलाई सम्मान
रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले रेडियो रसुवाका अध्यक्ष दीपक लामा सहित जिल्लामा क्रियाशील ९ जना पत्रकारलाई सम्मान गरेको छ ।
गाउँपालिकाको नवौं गाउँसभाको अवसरमा अध्यक्ष लामा सहित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा गोरखापत्र दैनिकका संबाददाता हेमनाथ खतिवडा, राष्ट्रिय समाचार समितिका संवाददाता ज्ञानेन्द्र न्यौपाने, रेडियो रसुवाका स्टेशन म्यानेजर एंवम नयाँ पत्रिका दैनिककी संवाददाता अनु आचार्य, कान्तिपुर दैनिकका संवाददाता बलराम घिमिरे, नेपाल टेलिभिजनका संवाददाता सुसिल कोइरला, त्रिशुली प्रवाह साप्ताहिकका संवाददाता सरस्वती न्यौपाने, रेडियो रसुवाका समाचार प्रमुख एंवम नागरिक दैनिकका संवाददाता हिमनाथ देवकोटा र रेडियो लाङटाङ रहेका छन् ।
सम्मानित हुने पत्रकारहरुलाई ५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले प्रमाणपत्र प्रदान गरेका थिए । गाउँपालिकाले आउँदो आर्थिक वर्षदेखि सहरी सुशासनको पक्षमा निरन्तर क्रियाशील पत्रकारहरुमध्येबाट विभिन्न विधामा प्रत्येक वर्ष १० जनालाई गाउँपालिका सुशासन पत्रकारिता दिने निर्णय गरेको छ ।
बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा यो विषय समावेश छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया