संगमचोक–हावाघर सडक निर्माण गर्दा स्थानिय मर्कामा
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको संगमचोकदेखि घण्टाघरसम्मको सडक निर्माण गर्दा स्थानिय मर्कामा परेका छन् ।
उपभोत्ता समितिमार्फत निर्माण गरिएको उत्त सडक निर्माण गर्दा सडकको दुबै नालीबाट दुबै किनारा नलिई सार्वजनिक जग्गा छोडी निजि जग्गा बढी च्यापिएको भन्दै स्थानियवासीले विरोध जनाएका छन् । संगमचोकबाट बायाँपट्टीको लेनमा व्यक्तिको मात्र जग्गा चेप्ने गरेको भन्दै स्थानियवासीले विरोध गरेका हुन् ।
स्थानियबासीहरुले आफुहरु मर्कामा परेको भन्दै वडामा ४ पटकसम्म वडामा मौखिक रुपमा जानकारी गराउँदा समेत आफुहरुको कुरा सुनुवाई नभएको स्थानिय हरेराम गिरीले जानकारी दिए । पहिलो दोस्रो पटक वडामा गुनासो गर्न जाँदा माग सम्बोधन हुने आश्वासन वडाध्यक्ष टलकमान श्रेष्ठले दिएका थिए । यस्तै तेस्रो पटक जाँदा सरोकारवाला निकाय राखेर छलफल गर्नुपर्ने वडाध्यक्ष श्रेष्ठले बताएका थिए ।
तर चौथो पटक पनि आफुहरु वडामा गएर दुबैतर्फको जग्गा समान र सबैलाई निष्पक्ष रुपले न्याय दिनुपर्ने बताएपछि वडाध्यक्ष श्रेष्ठले निष्पक्ष भन्ने कुरा आफुलाई थाहा नभएको बताएको स्थानियले गुनासो गरेका छन् ।
विदुर नगरपालिकाले आफ्नै अमिन ल्याई जग्गा नाप्दा अहिले निर्माण भएको सडकको किनाराबाट २ मिटर ६ इन्च दायाँपट्टी सार्वजनिक जग्गा हुँदाहुँदै बायाँपट्टि व्यक्तिको जग्गा मिचिएको पिडितहले गुनासो गरेका छन् । यसरी मर्कामा जग्गा मिचिएका घरधनीहरुमा गिता थापा, वलराम अर्याल, जानुका गिरी, समिर तामाङ, प्रेमप्रसाद रिजाल र हरेराम गिरी रहेका छन् ।
वडाबाट आफ्नो माग सम्बोधन नभएको भन्दै स्थानियले विदुर नगरपालिकाको कार्यालयमा समेत गुहारेर मेयर सञ्जु पण्डित समेत सडकको अवलोकनको लागि आएका थिए ।
मेयर पण्डित प्राविधिक लिएर सडक हेर्न आउँदा गुनासो सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तर उनले पनि स्थानियको माग सम्बोधन गर्न नसकेको अर्का स्थानिय गिता थापाले जानकारी दिइन् । नगरका अभिभावक र वडाका अभिभावकले जनताको गुनासो सुनुवाई नगरेको भन्दै अहिले संगमचोक–हावाघरसम्मका स्थानियहरु यतिवेला निरास भएका छन् ।
त्यस्तै सडक निर्माणको क्रममा व्यक्तिका सार्वजनिक संरचनाहरु पर्खाल, कम्पाउन्ड समेत भत्काइएको छ । भत्काइएको संरचना समेत निर्माण नगर्ने सडक निर्माणको जिम्मा पाएका ठेकेदारले बताएका छन् । पिडितहरुले जनप्रतिधिले नै मर्कामा परेको स्वीकार गरेपनि न्याय पाउन नसकेको बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया