रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय १२ पुग्यो

विदुर खबर २०७८ जेठ २९ गते २१:११

रसुवा । सक्रिय कोरोना संक्रमितको संख्या २ सय १२ पुगेको छ ।

Advertisement

शनिबार ३ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या २ सय १२ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ६, कालिकामा १ सय ७०, उत्तरगयामा ३२, आमाछोदिङ्‍मोमा ३ र नौकुण्डमा १ जना रहेका छन् । संक्रमितहरूमध्ये ७ जना संस्थागत र २ सय ५ जना होम आइसोलेसनमा बसेका छन् ।

Advertisement

रसुवामा हालसम्म ८ सय ६७ जनामा कोरोना पुष्टि भएको थियो । जसमा ६ सय ५४ जना निको भएका छन् । जिल्लामा हालसम्म ३ हजार १ सय ९८ वटा स्वाव संकलन गरिएकोमा २ हजार ३ सय ७ नेगेटिभ र ८ सय ६७ पोजेटिभ आएको थियो ।

प्रतिक्रिया