रसुवाको नौकुण्ड गाउँपालिकाद्वारा एम्बुलेन्स खरिद
विदुर खबर
२०७८ जेठ २९ गते २१:१०

रसुवा । रसुवाको नौकु्ण्ड गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ ।
गाउँपालिकामा एम्बुलेन्स नहुँदा तत्काल अस्पताल पु¥याउन पर्ने बिरामीलाई समस्या हुँदै आएको थियो । निर्वाचन भएको चार वर्ष बितिसक्दा समेत गाउँपालिकाले गाडी समेत किनेको थिएन ।
एम्बुलेन्स खरिदका लागि भने लामो समयदेखि पहल गरिरहेको थियो । गाउँपालिकाले एम्बुलेन्स खरिद गरेसँगै गाउँपालिकाबासी खुशी भएका छन् ।
नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै गाडीको साटो एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका अध्यक्ष नुर्वु साङ्बो घलेले बताए । गाउँपालिकाका नागरिकहरूले बिरामी भएको बेलामा अकालमै ज्यान गुमाउन पर्ने अवस्था आउने गरेको थियो ।
१० लाख ४९ हजार ३ सय ७५ रुपैयाँ एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाले जनाएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया