अष्ट्रेलियासँग खेल्ने नेपालको सुरुवाती-११ सार्वजनिक

नुवाकोट । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज बलियो टिम अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । खेल राति ९:४५ बजे सुरु हुनेछ ।अष्ट्रेलियासँगको खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४-३-३ को रणनीतिमा मैदान उतारेका छन् । नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने छन् ।
नेपालले अष्ट्रेलियाविरुद्ध चार खेलाडी परिवर्तन गरेको छ । जोर्डनविरुद्ध सुरुवाती-११ मा रहेका रहेका अन्जन विष्ट, दिनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा रहेका छन् ।
फरवार्ड नवयुग श्रेष्ठ, मिडफिल्डर विशाल राई, एरिक विष्ट र डिफेन्डर गौतम श्रेष्ठ सुरुवाती-११ मा रहेका छन् ।
नेपाली टिम –
गोलकिपर- किरण चेम्जोङ
डिफेन्डर – रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल
मिडफिल्डर – पुजन उपरकोटी, एरिक विष्ट, विशाल राई
फरवार्ड – नवयुग श्रेष्ठ , सुमन लामा, सुनिल बल
प्रतिक्रिया