३ महिनामा भत्किए ४ पक्की पुल, यी हुन् तिनका ठेकेदार
नुवाकोट । पछिल्लो केही महिना यता सडक पुल भत्किने क्रम बढिरहेको छ । निर्माणकै क्रममा रहेका सडक पुलहरु धमाधम भत्किँदा पनि सडक विभागले कारण खोज्ने चेष्टा गरेको छैन । यद्यपी, निर्माण व्यवसायीकै लापरबाहीले पुलहरु भत्किने गरेको सतही निष्कर्ष भने निकाल्ने गरिन्छ ।
कहाँ कहाँ भत्किए पुल ?
चैत्रदेखि यता मात्रै ४ पुल भत्किएका छन् । चितवनको ठिमुरा र तनहुँको देवघाटको घिनाघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पुल चैत २४ गते मंगलबार भत्कियो । बैशाख १२ गते उक्त पुल फेरि भत्किँदा १ जनाले ज्यान नै गुमाए ।
बैशाख ५ गते हावाहुरीले धादिङको मासटारबाट केउरनीटार जोड्ने निर्माणाधिन पुल भत्कायो । त्रिशुली नदीमाथि बनिरहेको पुलको ५० मिटर भागलाई हावाले खोलामा खसालिदियो ।
सिन्धुली र ओखलढुङ्गा जिल्ला जोड्ने निर्माणधिन पक्की पुल जेठ १३ गते भत्कियो । नवलपूरस्थित निर्माणाधिन उक्त पक्की पुल सुनकोसी नदीमा आएको बाढीले बगाएको हो । सिन्धुलीको फिक्कल गाउँपालिका–२ पोखरी र ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१ पलापु जोड्ने २२ करोड लागतमा निर्माणाधिन पक्की पुल जेठमा आएको बाढीले बगाईदिएको हो ।
कारण के ?
सडक विभागले ठेकेदारकै कारण पुल भत्किने गरेको निष्कर्ष निकालेपनि यो क्षेत्रका विज्ञहरु भने ठेकेदारको मात्रै दोष नरहेको बताउँछन् । कानुनी रुपमा ठेकेदारकै प्रमुख दायित्व हुने भएपनि ठेकेदारसँगै इन्जिनियहरु पनि दोषी रहेको विज्ञहरुको बुझाई छ ।
इन्जिनियरहरुलाई दोषी बनाउने भनेको ५० वर्ष पूरानो ‘कोर्स’ रहेको अर्वन प्लानरसमेत रहेका इन्जिनियर बिपिन गैरे बताउँछन् ।
‘हामी ५० वर्ष पूरानो कोर्स पढेर इन्जिनियर भएका छौँ, अनि काम गर्दा पनि अहिलेको आधुनिक प्रविधिको प्रयोग एकदमै कम गर्छौ’ उनले भने, ‘पुल बनाउँदा फर्मा लगाउने (टेक लगाउने) चलन यति पूरानो छ कि, सुनकोशीमा बन्दै गरेको पुल एकैछिनको पानीले बगाउनुको कारण पनि यही हो ।’
नेपालको इन्जिनियरिङ कम्युनिटीले ‘रिसर्च एण्ड डेभलपमेन्ट’मा समय दिन नसक्दा बन्दै गरेका भौतिक संरचनाहरु बीचमै भत्किने गरेको इन्जिनियरहरु नै बताउँछन् । केही अध्ययन र अनुसन्धान भएपनि लागू गर्ने निकायले नगरिदिँदा पटक पटक एउटै गल्ती दोहोरिने गरेको सडक विभागले नै स्वीकार गरेको छ ।
‘पटक पटक एउटै गल्ती दोहोरिनु भनेको व्यवस्थापकीय कमजोरी नै हो’ विभागका उपमहानिर्देशक दिपक श्रेष्ठ भन्छन्, ‘राजनीतिक गाइडकै कमजोरी हो । ठेकेदार, इन्जिनियर सबै पोलिटिकल गाइडेड छन्, हाम्रो देशको पोलिटिकल कस्तो छ भन्ने देखिएकै छ ।’
यि हुन् पछिल्लो समय भत्किएका पुल बनाउने ठेकेदार
चितवनको ठिमुरा र तनहुँको देवघाटको घिनाघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पुल बनाउने ठेकेदार कम्पनी हो इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी । सुरुमा २०७० साल कात्तिक २० गते १९ करोड ३१ लाख रूपैयाँ लागतमा सम्झौता भएको उक्त पुल तीन वर्षभित्र सक्ने भनिएको थियो ।
तर, अन्तिममा आएर पुलको डिजाइन परिवर्तन भएपछि लागत पनि २ करोड २८ लाख रूपैयाँ थपिएको थियो । डिजाइन परिवर्तनपछि २०७६ वैशाखसम्मको म्याद दिइएपनि २०७६ पुसमा खरिद ऐन संशोधन हुँदा ठेकेदार कम्पनीले पुनः एक वर्षको म्याद थप पाएको थियो ।
फागुनमा उक्त थपिएको म्याद पूरा हुने भएपनि असारसम्म सक्ने भन्दै ठेकेदार कम्पनीले काम गर्दै आएको थियो । तर, चैत २४ गते नै पुल भत्कियो ।
यसैबीच सिन्धुली र ओखलढुङ्गा जिल्ला जोड्ने निर्माणधिन पक्की पुल जेठ १३ गते भत्कियो । चुँदी कन्ट्रक्सन प्रा.ली. सानेपा ललितपूरले करिब २२ करोड लागतमा निर्माण सुरुवात गरेको २१० मिटर लामो पुल सुनकोशीमा आएको बाढीले भत्कायो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ





प्रतिक्रिया