कोभिड व्यवस्थापन केन्द्र रसुवालाई स्वास्थ्य सामग्री हस्तान्तरण

विदुर खबर २०७८ जेठ २८ गते १७:४४

रसुवा । जिल्ला कोभिड व्यवस्थापन केन्द्र रसुवालाई शुक्रबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

Advertisement

नेपाल हिमालय सीमापार वाणिज्य संघले कोभिड–१९ को रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

संघले सर्जिकल मास्क ३० हजार, एन नाइन्टी फाइभ मास्क २ हजार, व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) ४० सेट, सेनिटाइजर ६० लिटर, अक्सिमिटर ५० थान, फेस सिल्ड २ सय १० थान, सन ग्लास २० सेट र चस्मा २० थान हस्तान्तरण गरिएको संघले जनाएको छ ।

Advertisement

संघका केन्द्रीय सदस्य छिरिङ फिन्जो लोप्चनले सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीलाई सामग्री हस्तान्रतण गरेका हुन् । आयात निर्यातलाई सहज बनाउनका लागि उनको नेतृत्वमा सामग्री ल्याइएको हो ।

जिल्लामा कोभिड–१९ को संक्रमण फैलिँदै गएकाले यसको रोकथामका लागि सामग्री प्रदान गरिएको संघका केन्द्रीय सदस्य फिन्जो लोप्चनले बताए । ‘यस विषम परिस्थितिमा थोरै भएपनि मलमपट्टि लगाउनका लागि सामग्री दिएका हौं’, उनले भने, ‘आगामी दिनमा पनि हामी आवश्यकता अनुसार सहयोग गर्ने छौं ।’

Advertisement

प्रतिक्रिया