जसपाका नेता डा. तामाङद्वारा स्वास्थ्य सामाग्री वितरण

विदुर खबर २०७८ जेठ २६ गते ६:४५

नुवाकोट । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य तथा युवा नेता डा. भिमलाल तामाङद्वारा नुवाकोटका विभिन्न स्वास्थ्य संस्थाहरुलाई कोभिड-१९ लक्षित स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

Advertisement

मंगलबार नेपालका असल मित्रहरू र साल्भेशन मिसन नेपाल नामक संस्थाहरुको सहयोगमा नेता तामाङले किस्पाङ गाउँपालिका अध्यक्ष छत्र लामालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

सामाग्री सहयोग अन्तर्गत गाउँपालिकालाई नेता तामाङले गाउँपालिकालाई चार थान बेड, दुईथान अक्सिजन सिलिण्डर, फेस मास्क १ हजार थान, पिपिई सेट २५ थान, इन्फ्रारेड थर्मोमिटर ५ थान, पल्स अक्सिमिटर २ वटा, स्यानीटाईजर ५० लिटर र एन्टीजेन किट २५ थान वितरण गरिएको जसपा केन्द्रिय परिषद सदस्य राजन बमले जानकारी दिए ।

Advertisement

यस्तै, नेता तामाङले विदुर नगरपालिका वडा नं ७ को कार्यालयलाई चार थान बेड, दुईथान अक्सिजन सिलिण्डरसहित कोभिड-१९ का बिरामी उपचारमा आवश्यक विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।

कोभिड -१९ का बिरामीहरुको उपचारार्थ गाउँपालिका र विदुर नगरपालिका वडामा उक्त स्वास्थ्य सामाग्री प्रदान गरिएको जसपा नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया