शान्ति समाजको २६ औँ स्थापना दिवसमा खाद्यान्न सामाग्री हस्तान्तरण
विदुर खबर
२०७८ जेठ १९ गते २२:१४
नुवाकोट । शान्ति, मानव अधिकार, लोकतन्त्र एवं मानवीय सेवामा काम गर्ने उद्देश्यले स्थापना भएको मानव अधिकार तथा शान्ति समाजको २६ औँ स्थापना दिवसका अवसरमा नुवाकोट शाखाले ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई खाद्य सामग्री सहयोग गरेको छ ।
समाज स्थापना दिवसका अवसरमा नुवाकोट शाखाले विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको प्रतिष्ठानलाई खाद्यान्न सहयोग गरेको मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष नारायण श्रेष्ठ जानकारी दिए
। सहयोग गरिएको सामाग्रीहरु चामल, बिस्कुट, तेल, चिया र चिनी लगायतका खाद्यान्न रहेको छ ।
हाल ३९ जिल्ला शाखा र एक हजार ४०० भन्दा बढी आजीवन सदस्य रहेको समाजमा स्थापनाकालदेखि सदस्यता लिनेहरुको सङ्ख्या १२ हजार नाघेको समाजले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु





प्रतिक्रिया