रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय १ पुग्यो
विदुर खबर
२०७८ जेठ १५ गते २१:१६

रसुवा। रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय १ पुगेको छ ।
शुक्रबार २६ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या २ सय १ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा २४, कालिकामा ८३, उत्तरगयामा ६, आमाछोदिङ्मोमा १२ र नौकुण्डमा ५८ जना रहेका छन् । संक्रमितहरूमध्ये ५ जना संस्थागत र १ सय ९६ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म ५ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो । जसमा ४ सय ४१ जना निको भएका छन् । जिल्लामा हालसम्म २ हजार ४ सय ५९ वटा स्वाव संकलन गरिएकोमा १ हजार ८ सय ५२ नेगेटिभ र ५ सय ७५ पोजेटिभ आएको थियो ।
सम्बन्धित
प्रतिक्रिया