जिम्बाबेको राष्ट्रपतिमा मान्गाग्वा विजयी
(रासस/एपी) ; जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी हुनुभएको छ । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले संसदमा समेत बहुमत प्राप्त गरेको छ ।
मान्गाग्वाले ५०.८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । उहाँका विपक्षी नेल्सन चामिसाले ४४.३ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । तर विपक्षीहरुले मतदानमा धाँधली भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने वा सडकमा प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । 
मतदानको दिन शान्तिपूर्ण रहेपनि गत बुधबार मतदानमा धाँधली भएको खबर फैलिएसँगै एकाएक हिंसा भडकिएको थियो । हिंसात्मक झडपका कारण तीन जनाको मृत्यु समेत भएको थियो ।
नवनिर्वाचित राष्ट्रपति मान्गाग्वाले ट्वीट गर्दै भन्नुभएको छ, “चुनावताका हामी विभाजित भयौं होला, अब हामी समृद्ध जिम्बाबे बनाउने सपना पूरा गर्न एक भएका छौं । यो नयाँ सुरुआत हो । हामी हात मिलाऔं, नयाँ जिम्बाबे निर्माण गर्न शान्ति, एकता, प्रेम र भातृत्व कायम गरौं ।”
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया