प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग
विराटनगर, प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।
खुम्बूवान राष्ट्रिय मोर्चा पार्टी नेपाल मोरङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज ज्ञापनपत्र बुझाउँदै त्यस्तो माग राखेको हो ।
मुक्ति मोचाका केन्द्रीय सह–सचिव राजुदेव राई, पार्टीका प्रवक्ता रडेन्द्र तीम्म्राहार, जिल्ला अध्यक्ष दिलाराम राईसहितको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयमार्फत मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउँदै पार्टीका केन्द्रीय सह–सचिव राजुदेव राईले प्रदेशको राजधानी र नामाकंन तोक्न प्रदेश सरकारले ढिलाइ गरेको भन्दै जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामांकन राख्नुपर्ने बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया