रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ६९ पुग्यो
विदुर खबर
२०७८ जेठ १३ गते ८:१५
रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ६९ पुगेको छ ।
बुधबार २१ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या १ सय ६९ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा २४, कालिकामा ७०, उत्तरगयामा ५, आमाछोदिङ्मोमा १२ र नौकुण्डमा ५८ जना रहेका छन् । संक्रमितहरूमध्ये ३ जना संस्थागत र १ सय ६६ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म ५ सय ६३ जनामा कोरोना पुष्टि भएको थियो । जसमा ४ सय ४१ जना निको भएका छन् ।
जिल्लामा हालसम्म २ हजार ३ सय ८९ वटा स्वाव संकलन गरिएकोमा १ हजार ८ सय ९ नेगेटिभ र ५ सय ६३ पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया