राष्ट्रसंघीय महासचिव जापान जाने

विदुर खबर २०७५ साउन १६ गते १४:१५

 (रासस÷एपी) संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस नागासाकी समारोहमा सहभागी हुन आगामी मङ्गलबार जापान जानुहुने भएको छ ।

Advertisement

जापानका प्रधानमन्त्री सिन्जो आबेसँग भेटघाट गर्न र ७३औँ नागासाकी समारोहमा सहभागीता जनाउन उहाँ त्यहाँ जान लाग्नुभएको जनाइएको छ । जापानको नागासाकीमा यही अगष्ट ९ मा नागासाकी समारोहको आयोजना गरिएको संयुक्त राष्ट्रसंघीय कार्यालयले जनाएको छ ।

जापानको नागासाकी नगरमा सन् १९४५ को अगष्ट ९ मा अमेरिकी सेनाले एटम बम हानेको थियो । दोस्रो विश्वयुद्धका क्रममा हानेको सो बमबाट त्यहाँ ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो ।  आगामी मङ्गलबार सो आक्रमणको ७३ वर्ष पूरा हुँदैछ । सोही अवसरमा नागासाकीमा उक्त बम हमलाको ७३ औँ स्मरणस्वरुप भव्य समारोहको आयोजना गरिएको छ ।

Advertisement

एटम बम हानेर क्षति पु¥याइएको शहर नागासाकीमा पुग्ने गुटर्रेस नै पहिलो राष्ट्रसंघीय महासहचिव हुनुहुने भएको छ ।यसअघि सन् २०१० मा राष्ट्रसंघका पूर्व महासचिव बान कि मुन जापानको अर्काे शहर हिरोसीमाको भ्रमणमा जानुभएको थियो ।जापानको अर्काे शहर हिरोसीमामा पनि दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्ट ६ मा अर्काे शक्तिशाली एटम बम हानिएको थियो । नागासाकी भन्दा शक्तिशाली मानिएको सो आक्रमणमा परी लाखौँ नागरिक हताहत भएका थिए । यी दुई आक्रमणपछि अमेरिकाले जापानमाथि बिजय हासिल गरेको थियो र दोस्रो विश्वयुद्धको अन्त्य भएको घोषणा गरिएको थियो ।
यस विषयमा राष्ट्रसंघमा मङ्गलबार भएको पत्रकार सम्मेलनका क्रममा राष्ट्रसंघीय प्रवक्ता एरी कानेकोले महासचिव गुटर्रेसले नागासाकी भ्रमण गर्नुहुने र त्यस अवसरमा उहाँले दिने सन्देशमा निशस्त्रीकरणको विषयमा जोड दिनुहुने जानकारी दिनुभयो ।

सो समारोहपछि नागासाकीका अधिकारीहरुसँग भेटवार्ता गरी उहाँहरुका समस्याका बारेमा जानकारी लिनुका साथै नागासाकीमा भएको नरसंहारको अनुभवबाट आगामी दिनमा निशस्त्रीकरण अपनाउन के कसो गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल गर्नुहुने पनि प्रवक्ता कानेकोले बताउनुभयो । भ्रमणका क्रममा महासचिव गुटर्रेसले जापानका प्रधानमन्त्री सिन्जो आबेसँगको भेटका क्रममा जापान र संयुक्त राष्ट्रसंघको सम्बन्धका बारेमा कुराकानी गर्नुहुने बताइएको छ । खासगरी निशस्त्रीकरणका विषयका साथै हालैमात्र भएको उच्चस्तीय बैठकपछि उत्तर कोरियाले यस विषयमा गरेको प्रतिबद्धताको बारेमा पनि उहाँहरुका बीचमा कुराकानी हुने राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् ।

Advertisement

प्रतिक्रिया