रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय नाघ्यो
विदुर खबर
२०७८ जेठ ७ गते २१:५५
रसुवा। रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय नाघेको छ ।
बिहीबार ४२ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या २ सय ६ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा १६, कालिकामा १ सय २०, उत्तरगयामा २०, आमाछोदिङ्मोमा ४९ र बाहिरी जिल्लाका १ जना रहेका छन् । संक्रमितहरूमध्ये ११ जना संस्थागत र १ सय ९५ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म ४ सय ८५ जनामा कोरोना पुष्टि भएको थियो । जसमा ३ सय ६ जना निको भएका छन् । जिल्लामा हालसम्म २ हजार २ सय ७४ वटा स्वाव संकलन गरिएकोमा १ हजार ७ सय ७४ नेगेटिभ र ४ सय ८५ पोजेटिभ आएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना





प्रतिक्रिया