रसुवामा जेठ १३ गते सम्मका लागि निषेधाज्ञा
रसुवा । रसुवामा थप १० दिनका लागि निषेधाज्ञा थपिएको छ ।
जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को आज बसेको बैठकले पुन १० दिन निषेधाज्ञा थपेको हो ।
जिल्लामा कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गइरहेकाले समुदायस्तरमा संक्रमणको दर न्युनिकरणका लागि जेठ १३ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद ढकालले बताए ।
यसअघि कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि गएको बैशाख २७ गते राती १२ बजेदेखि आज (सोमबार) राती १२ बजेसम्मका लागि निषेधाज्ञा ।जारी गरिएको थियो ।
निषेधाज्ञाको समयमा खाद्य वस्तु तथा पशुपंछीका दाना, खाना पकाउने ग्यास, तरकारी, फलफुल, दुग्ध डेरीजन्य, माछा, मासु, पानी, निर्माण सामाग्री लगायतका अत्यावश्यक पसल व्यवसाय बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्न दिइएको छ । औषधी एवम स्वास्थ्य सामाग्रीका पसलहरु भने २४ सै घण्टा खुल्ला रहेका छन् ।
निषेधाज्ञाको उलङ्घन गर्ने, आदेश पालना गर्ने कार्यमा अवरोध गर्ने, औषधि, औषधिजन्य सामाग्री, अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपुर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मुल्यबृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा सहज आपुर्तिमा अवरोध गर्ने गराउने कार्य गरेमा स्थानिय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने समेत जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













अब राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैँले लिन सकिने
दुर्गा प्रसाईं पक्राउ
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी
एनपीएलको दोस्रो संस्करण आजबाट सुरु हुँदै
बागमती प्रदेश सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण





प्रतिक्रिया