किस्पाङ गाउँपालिकामा एकैदिन ३० जना संक्रमित थपिए
विदुर खबर
२०७८ जेठ ५ गते १४:५३

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकामा एकैदिन ३० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा गाउँपालिकामा ३० जना कोरोना संक्रमित भेटिएका हु्न् ।
भेटिएका संक्रमितमध्ये २३ पुरुष र ७ महिला रहेका छन् । यससँगै किस्पाङमा कोरोना संक्रमितको संख्या एकसय ३३ पुगेको छ ।
सक्रिय कोरोना संक्रमितमध्ये ५९ जना होम आइसोलेसनमा रहेको बताइएको छ । यस्तै कोरोना संक्रमणबाट किस्पाङ गाउँपालिकाका एक युवाको ज्यान गएको थियो ।
किस्पाङको शान्तिबजार, अर्चले,सातदोबाटो, कर्कलेगैरी र लामाछाप कोरोनाको उच्च जोखिममा रहेको गाउँपालिकाले जानकारी दिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया