नेपालमै पहिलोपटक अक्सिजन सिलिन्डरको सफल परीक्षण

विदुर खबर २०७८ जेठ ५ गते १०:१४

नुवाकोट । नेपाल विज्ञान तथा प्रबिधि प्रतिष्ठान(नाष्ट)ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरेको छ ।

Advertisement

कोभिडको महामारी फैलिएको र अक्सिजन सिलिन्डरको चरम अभाव भैरहेको बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिन्डर परीक्षणको शुभारम्भ गर्नुभएको थियो ।

नाष्टको वैज्ञानिकसँग भएको भेटको क्रममा मन्त्री श्रेष्ठले सिलिन्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिए लगत्तै नाष्टले सफल परीक्षण गरेको हो । अब नेपालले प्रेसर धान्न सक्ने लिनिन्डर उप्तादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ ।

Advertisement

नाष्टका प्रबिधि संकाय प्रमुख डा। रविन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिन्डर तयार भएको जानकारी दिनुभयो । उहाले भन्नुभयो–सुरक्षाको अन्तिम उपाय अबलम्बन गर्न बाकी छ , केही दिनमा सिलिन्डर उत्पादन गर्ने कम्पनीसंग छलफल गरी व्यावयासीक उत्पादन गर्न अनुमति दिनेछौँ ।

उहाँका अनुसार नेपालमा पाईने सिलिन्डरको न्युनतम मुल्य करिब १५ हजार पर्नेछ भने नाष्टको प्रबिधि प्रयोग भएको सिलिन्डरको करिब १० हजार भन्दा कम मुल्य पर्नेछ ।

Advertisement

प्रतिक्रिया