रसुवामा निषेधाज्ञाको समयमा बजार अनुगमन
रसुवा । विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण लगाइएको निशेधाज्ञाको समयमा बजारको अवस्था बुझ्नका लागि जिल्लाको दुई स्थानमा बजार अनुगमन गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीको नेतृत्वको टोलीले बुधबार बिहान जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ५ भित्र रहेका बजारहरूमा अनुगमन गरेको हो । सोमबार राति १२ बजेदेखि लगाइएको निषेधाज्ञाका कारण बिहानको समयमा मात्र दैनिक उपभोग्य सामग्री तथा अत्यावश्यक सामग्री बिक्री वितरण गर्ने पसल खोल्न पाइन्छ ।
लकडाउनको समयमा बजारमा सामग्रीको अभाव हुने, कालोबजारी हुनसक्ने तथा सामग्री आयातको कठिनाइ बारे बुझ्नका लागि ठुलोभार्खु र स्याफ्रुमा अनुमगन गरिएको हो । यस क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको अभाव नरहेको, खाद्यान्नमा मूल्य वृद्धि नभएको तथा लकडाउनको पूर्ण कार्यान्वयन भएको पाइएको घरेलु तथा साना उद्योग कार्यालय रसुवाका प्रमुख रामप्रसाद भुषालले बताए ।
अनुगमनको क्रममा स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्न, म्याद नाघेका वस्तुको बिक्री वितरण नगर्न, खाद्यान्नको अभाव हुन नदिन र बन्दाबन्दीको कारण देखाइ मूल्य वृद्धि नगर्न आग्रह गरिएको छ । त्यसैगरी खाद्यान्न बिक्री गर्ने पसलहरूमध्ये केहीले साइन बोर्ड नराखेको, मूल्य सूची नराखेको तथा मदिरा बिक्रीका लागि अनुमति नलिइ बिक्री गरेको पाइएको छ ।
उक्त पसलहरूलाई लकडाउन खुलेपछि दर्ता तथा नविकरण गर्नका लागि आग्रह गरिएको उनले बताए । टोलीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर १३ वटा खाद्यान्न पसलको अनुगमन गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया