रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ८१ पुग्यो

विदुर खबर २०७८ वैशाख ३१ गते १०:१७

रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ८१ पुगेको छ ।

Advertisement

बुधबार ११ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या १ सय ८१ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ३०, कालिकामा ७८, उत्तरगयामा १५, नौकुण्डमा ४२, आमाछोदिङ्‍मोमा ११ र बाहिरी जिल्लाका ५ जना रहेका छन् । संक्रमितहरूमध्ये १२ जना संस्थागत र १ सय ६१ जना होम आइसोलेसनमा बसेका छन् । 

Advertisement

रसुवामा हालसम्म ३ सय ५८ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ सय ८८ जना निको भएका छन् । जिल्लामा हालसम्म २ हजार १ सय ५ वटा स्वाव संकलन गरिएकोमा १ हजार ७ सय ४ नेगेटिभ र ३ सय ५८ पोजेटिभ आएको थियो । 

Advertisement

प्रतिक्रिया