रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ५६ पुग्यो

विदुर खबर २०७८ वैशाख २५ गते १९:०३

रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ५६ पुगेको छ ।

Advertisement

शनिबार २४ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या १ सय ५६ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा २४, कालिकामा ५९, उत्तरगयामा १५, नौकुण्डमा ४२, आमाछोदिङ्‍मोमा ११ र बाहिरी जिल्लाका ४ जना रहेका छन् । संक्रमितहरूमध्ये १२ जना संस्थागत र १ सय ४४ जना होम आइसोलेसनमा बसेका छन् । 

Advertisement

रसुवामा हालसम्म ३ सय ३७ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ सय ८८ जना निको भएका छन् । जिल्लामा हालसम्म २ हजार ६६ वटा स्वाव संकलन गरिएकोमा १ हजार ६ सय ६३ नेगेटिभ र ३ सय ३७ पोजेटिभ आएको थियो । 

प्रतिक्रिया