रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ३२ पुग्यो
विदुर खबर
२०७८ वैशाख २४ गते २०:२८

रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ३२ पुगेको छ ।
बिहीबार ३२ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या १ सय ३२ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा २४, कालिकामा ३५, उत्तरगयामा १५, नौकुण्डमा ४२, आमाछोदिङ्मोमा ११ र बाहिरी जिल्लाका ४ जना रहेका छन् । संक्रमितहरूमध्ये १० जना संस्थागत र १ सय २२ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म ३ सय १३ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ सय ८८ जना निको भएका छन् । जिल्लामा हालसम्म २ हजार १९ वटा स्वाव संकलन गरिएकोमा १ हजार ६ सय ५५ नेगेटिभ र ३ सय १३ पोजेटिभ आएको थियो ।
सम्बन्धित
प्रतिक्रिया