रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ३६ पुग्यो
विदुर खबर
२०७८ वैशाख १९ गते २१:२९

रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ३६ पुगेको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ४, कालिकामा १९, उत्तरगयामा ७, नौकुण्डमा १ र बाहिरी जिल्लाका ४ जना रहेका छन् । कोरोना संक्रमितहरू होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म २ सय २० जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ सय ८४ जना निको भएका छन् । जिल्लामा हालसम्म १ हजार ८ सय ५७ वटा स्वाव संकलन गरिएकोमा १ हजार ६ सय १७ नेगेटिभ र २ सय २० पोजेटिभ आएको थियो । अब १५ जनाको नतिजा आउन बाँकी छ ।
सम्बन्धित
प्रतिक्रिया