पत्रकार महासंघ नुवाकोटको निर्वाचन थप विवादमा : निर्वाचन समितिका सदस्य श्रेष्ठद्धारा राजीनामा

विदुर खबर २०७८ वैशाख ६ गते ११:१३

नुवाकोट । पत्रकार महासंघ नुवाकोटको निर्वाचन थप विवादमा परेको छ ।

Advertisement

निर्वाचन थप विवादमा परेसँगै जिल्ला निर्वाचन समितिका सदस्य राम श्रेष्ठले राजीनामा दिएका हुन् । उनले जिल्लाका कार्यसमितिका पदाधिकारी र जिल्लाका मुख्य निर्वाचन अधिकृत वर्शुराम रिजाल र अर्काे निर्वाचन अधिकृत उत्तम घिमिरेले चुनाव जसरी पनि आफ्नो पक्षमा पार्न धाधली गरेको लगायतको आरोप लगाउँदै केन्द्रिय निर्वाचन समितिका पदाधिकारी समक्ष राजीनामा दिएका हुन् ।

श्रेष्ठले जिल्ला कार्यसमितिका नेतृत्वकता तथा निवाचनको अध्यक्षका उम्मेदवार समेत रहेका व्यक्ति माफत जसरी हुन्छ चुनाव जित्नको लागी विभिन्न हर्कत गरेको, निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृत बशुराम रिजाल र सदस्य मध्येका अर्का सदस्य उत्तम घिमिरेको समेत प्रत्यक्ष मिलेमतोमा निर्वाचनको उम्मेदवारी दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशनको समयदेखि कैफियत गर्न सुरु गरेर निर्वाचनको समयमा प्रयोग गर्ने जिल्ला कार्यसमिति र केन्द्रीय प्रतिनिधि परिषद् सदय पदको मतपत्रमा संकेत नं. उल्लेख गरेको तथा निर्वाचन प्रकृयाको चरणमा विभिन्न हदका अपराधका गतिविधि भएको र उक्त गतिविधि नगर्न आग्रह गर्दा बेवास्था गर्दै बहुमतको आधारमा निणय गरेर अघि बढेको बताएका छन् ।

Advertisement


यस्तो छ राम श्रेष्ठले बुझाएको राजीनामाको विवरण

मिति : २०७८/०१/०६
श्रीमान प्रमुख निर्वाचन अधिकृत ज्यु । नेपाल पत्रकार महासंघ, २६औं निर्वाचन समितिको कार्यालय, नेपाल पत्रकार महासंघ, नुवाकोट।
विषय : राजीनामा सम्बन्धमा । महोदय,
प्रस्तुत विषयमा नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनको लागी केन्द्र, प्रदेश र जिल्ला कार्यासमितिको निर्वाचन गराउन नुवाकोटमा गठन गरिएको निर्वाचन समितिको सदस्यको पदमा रहेर जिम्मेवारी पूरागर्न दिएको अवसरलाई महत्वपूर्ण गरिमाको रुपमा लिएर तोकिएको कतर्व्य पूरागर्न अहिलेसम्म म निश्पक्ष रुपमा क्रियाशिल रहन गरेको प्रयासको अवगत नै रहेको छ । यसै सन्दर्भमा गत चैत २५ गते तीन तहको निर्वाचन एकै पटक सम्पन्न गर्ने उद्देष्यले निर्वाचन प्रक्रिया अघि बढाउने क्रममा तत्कालीन जिल्ला कार्यसमितिका नेतृत्वकता तथा निवाचनको अध्यक्षका उम्मेदवार समेत रहेका व्यक्ति माफत जसरी हुन्छ चुनाव जित्नको लागी अपनाएको हर्कतको प्रयासमा सम्मानित निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृत बशुराम रिजाल र सदस्य मध्येका अर्का सदस्य उत्तम घिमिरेको समेत प्रत्यक्ष मिलेमतोमा निर्वाचनको उम्मेदवारी दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशनको समयदेखि कैफियत गर्न सुरु गरेर निर्वाचनको समयमा प्रयोग गर्ने जिल्ला कार्यसमिति र केन्द्रीय प्रतिनिधि परिषद् सदय पदको मतपत्रमा संकेत नं. उल्लेख गरेको लगायतका नर्वाचन प्रकृयाको चरणमा विभिन्न हदका अपराधका गतिविधि भएको र उक्त गतिविधि नगर्न मैले गरेको अनुरोधलाई बेवास्था गर्दै बहुमतको आधारमा निणय गरेर अघि बढेको जानकारी गराउदछौ।

Advertisement

निर्वाचनमा मतदातालाई निर्धक्कसंग मत जायर गर्न पाउने अवसरबाट बञ्चित गर्दै अपनाइएका अपराधका गतिविधि उपर चुनाव पश्चात निर्वाचित पदाधिकारी, निर्वाचनका अध्यक्ष सहितका उम्मेदवार लगायतबाट केन्द्रीय निर्वाचन समितिमा दिएको उजुरीको सम्मानित केन्द्रीय समितिबाट पुनः निर्वाचन गराउन दिएको निर्देशन पश्चात पनि पुनः निर्वाचन प्रक्रिया अघि बढाउने बाहनामा अपराधका योजनामा निर्वाचन समिति सलग्न हुन लागेको प्रति दुःख लागेको छ ।

निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र र धाधलीरहित रुपमा गराउने महत्वपूर्ण जिम्मेवारी पूरागर्न पाएको जिम्मेवारी कोही व्यक्ति विशेषको उम्मेदवार विजय गराउन कानूनी प्रक्रियातर्फ नभई योजनाबद्ध अपराधतर्फ अघि बढ्न थालेसगै निर्वाचन समिति पुनः असक्षम हुने निश्चित देखेको छु । सोही कारण आफूले पाएको जिम्मेवारीको सही भूमिका निर्वाह गर्न प्रमुख निर्वाचन अधिकृत र अर्का सदस्यको गलत नियतको कारण आफूपनि असक्षम भएको महशुस गर्दै मैले नैतिकताको आधारमा निर्वाचन समिति समक्ष यो राजीनामा बुझाएको छ । मैले दिएको राजीनामाले निर्वाचनमा अपनाइएका गलत नियतलाई थप प्रश्रय दिन होइन कि आगामी दिनमा पुनः अर्को निर्वाचन समिति गठन भएर निश्पक्ष निर्वाचन प्रक्रिया अघि बढाउन सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छ।

राम श्रेष्ठ सदस्य, जिल्ला निर्वाचन समिति,नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको
२६औं महाअधिवेशन निर्वाचन समिति ।

प्रतिक्रिया