लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा वन्यजन्तु पीडितलाई १९ लाख ८० हजार रुपैयाँ वितरण

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले ९ महिनामा वन्यजन्तु पीडितलाई १९ लाख ८० हजार रुपैयाँ राहत रकम वितरण गरेको छ ।
चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि चैत मसान्तसम्ममा वन्यजन्तुबाट पीडित भएका परिवारलाई १९ लाख ८० हजार ६ सय ६५ रुपैयाँ वितरण गरेको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निकुञ्जमा ३ सय ४१ वटा निवेदन परेको छ । जसमा तीन जना समान्य घाइते भएका छन् । उनीहरूलाई ६९ हजार ६ सय ५५ रुपैयाँ राहत रकम प्रदान गरिएको कार्यालयले जनाएको छ ।
यो अवधिमा जङ्गली जनावरले १४ वटा घरपालुवा पशुको क्षति गरेको छ भने ३ सय ३३ परिवारले लगाएका अन्नबालीमा क्षति भएको छ । पशुक्षति भएका परिवारलाई १ लाख २९ हजार र अन्नबाली क्षति भएका परिवारलाई १७ लाख ८२ हजार रुपैयाँ राहत प्रदान गरिएको निकुञ्जले जनाएको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (दोस्रो संशोधन २०७४) अनुसार राहत वितरण गरिएको हो ।
मानव वन्यजन्तुबीच हुने द्वन्द्वको न्यूनीकरण गर्ने तथा पीडितको घाउमा मलम लगाउने उद्देश्यले राहत वितरण गरिएको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो । ‘निकुञ्जमा मानव र वन्यजन्तुको बीच द्वन्द्व हुने गरेको छ, उहाँले भन्नुभयो, यसमा निकुञ्जले राहत वितरण गर्दै आएको छ ।’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको राहत अक्षय कोषको ब्याजबाट राहत वितरण हुने गरेको छ । वन्यजन्तुबाट भएको मानवीय क्षति, अन्नबालीमा भएको क्षति, पशुधनको क्षति र घरगोठको क्षतिअनुसार राहत दिने गरिएको छ ।
हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, जङ्गली बँदेल, ध्वाँसे चितुवा, जङ्गली कुकुर, अर्ना, मगर गोही, गौरी गाई र अजिङ्गरले क्षति गरेमा राहत पाउने निर्देशिकामा व्यवस्था छ । २०६९ सालदेखि वन्यजन्तुबाट पीडित भएका परिवारलाई राहत वितरण गर्न थालिएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया