शिवपुरी अध्यक्ष गोल्डकपको विजेता टोलीलाई नुवाकोट जेसिजको सम्मान

विदुर खबर २०७७ चैत ३१ गते १३:२२

नुवाकोट । शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको विजेता बन्न सफल खेलाडीहरुलाई नुवाकोट जेसिजले सम्मान गरेको छ ।

Advertisement

सोमवार जेसीस नुवाकोट वर्ष २०२१ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा खेलाडी सम्मान कार्यक्रमको आयोजना गरि नुवाकोट जेसिजले प्रतियोगिताको विजेता टोली विदुर नगरपालिकाका खेलाडीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष खेलक्षेत्रलाई आफुहरुले प्राथमिकता दिएर अघि बढीरहेको बताए । उनले राज्यले खेल क्षेत्रमा गरेको लगानी एकैपटक नभइ क्रमिक रुपमा देखा पर्ने बताए । कार्कीले आफुहरु खेलकुद संघ र खेलाडीहरुसँग हालेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

Advertisement

कार्यक्रममा नुवाकोट जेसिज वर्ष २०२१ का अध्यक्ष अन्जली पाण्डेले पछिल्लो समय जिल्लामा खेलकुद गतिविधि बढेको भन्दै खुशी व्यक्त गरे । उनले युवाहरुको नेतृत्व र क्षमता विकासमा खेलकुदले पनि महत्वपुर्ण भुमिका खेल्ने भन्दै राज्यले खेल क्षेत्रमा थप लगानी बढाउनुपर्ने बताए ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गिता अमात्यले विभिन्न माध्यमद्धारा व्यवसायी र खेलकर्मी एक उभिएको बताए । उनले विभिन्न खेलको प्रायोजन व्यवसायिक क्षेत्रबाट भइरहनु सकरात्मक भएको बताए । उनले प्रतियोगिताको विजयी खेलाडीहरुलाई छिट्टै नुवाकोट उद्योग वाणिज्य संघले पनि सम्मान गर्ने बताए ।

Advertisement

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापा, विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विरेन्द्रकुमार शाही, होटल तथा पर्यटन व्यवसायी संघ बाग्मति प्रदेशका अध्यक्ष सन्तोष उप्रेती, जिल्ला लघुउद्यम संघ नुवाकोटका अध्यक्ष गिता थापा लगायतले मन्तव्य राखेका थिए ।

शिवपुरी गाउँपालिकालको सुनखानीमा गत बुधवार भएको फाइनल खेलमा आयोजक शिवपुरी गाउँपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै विदुर नगरपालिकाले उपाधि उचालेको थियो ।

प्रतियोगितामा विदुर नगरपालिकाका आकाश रानामगरले सर्वाधिक गोल गरेका थिए भने गोलरक्षक सुर्य तामाङ उत्कृष्ट गोलरक्षक घोषित भएका थिए ।

प्रतिक्रिया