सर्वाधिक गोलकर्ता आकाशलाई विदुर कर परामर्शको सम्मान

विदुर खबर २०७७ चैत ३१ गते १२:२६

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको विदुर कर परामर्श केन्द्रले शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेका आकाश रानामगरलाई सम्मान गरेको छ ।

Advertisement

मंगलबार जेसीस नुवाकोट वर्ष २०२१ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा खेलाडी सम्मान कार्यक्रममा शिवपुरी गोल्डकपमा सर्वाधिक गोलकर्ताको उपाधी चुम्न सफल रानामगरलाई विदुर कर परामर्श केन्द्रका संचालक दिनेश श्रेष्ठले रानामगरलाई १० हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।

सेमिफाइनल खेलमा घाइते भएका उनले फाइनलमा आफ्नो स्वास्थ्यको समेत प्रवाह नगरि ४ गोल गरेका थिए । विदुर नगरपालिकाबाट खेल्दै आएका आकाशले प्रतियोगितामा एक ह्याट्रिकसहित आठ गोल गरेका थिए ।

Advertisement

प्रतिक्रिया