नेपालमा कोरोनाको संक्रमणबाट एकैदिन १३ जनाको मृत्यु

नुवाकोट । कोरोना संक्रमणका कारण सोमबार एकै दिन १३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या ५ महिनायताकै उच्च हो । आइतबार कोरोनाका कारण एक जनाको मात्र मृत्यु भएको थियो ।
सोमबार संक्रमण दरसमेत बढेको छ । आइतबार ३०३ जनामा संक्रमण पुष्टि भएकोमा भोलिपल्ट यो संख्या ५५९ पुगेको हो । जसमा ६३ जना एन्टिजेन परीक्षणमा रिपोर्ट ‘पोजिटिभ’ देखिएका छन् । ५ हजार १०५ जनाको परीक्षण गरिएकामा १०.९५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । आइतबार संक्रमण दर ९.७ प्रतिशत थियो । अस्पतालका आइसोलेसन र सघन उपचार कक्ष (आईसीयू) का शय्या पुनः संक्रमित बिरामीले भरिन थालेका छन् । देशभरका अस्पतालहरूमा आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या १०७ पुगेको छ । जसमध्ये ६३.५५ प्रतिशत वाग्मती र ३२.७१ प्रतिशत संक्रमित लुिम्बनी प्रदेशका छन् ।
१८ वर्ष मुनिकाहरूमा सोमबार संक्रमण दर ६.८५ प्रतिशत देखिएको छ । कोरोनाको चपेटामा बिस्तारै बालबालिका र युवा वर्ग पर्दै गएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्, ‘बालबालिका र युवामा संक्रमण र रोगको कडापन बढ्दो देखिनु चिन्ताको विषय हो ।’
केही दिनयता त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकामा एक वर्ष मुनिका शिशु, बालबालिका र युवाको संख्या उल्लेख्य रहेको अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले बताए । ‘एक साताअघिसम्म ३ जना संक्रमित भर्ना थिए । हाल २२ जना भर्ना छन् । जसमध्ये ३ जना आईसीयूमा छन्,’ डा. दासले भने, ‘पहिले युवाहरू संक्रमित भए पनि अस्पताल भर्ना हुने धेरै कम थिए । यस पटक युवाहरूलाई पनि अस्पतालमा भर्ना गर्नुपर्ने स्थिति देखिएको छ ।’
सशस्त्र प्रहरी अस्पतालमा २७ जना संक्रमितको उपचार भइरहेकामा १२ जना आईसीयू र १० जना हाई–केयर वार्डमा भर्ना छन् ।
कोरोनाको पहिलो लहरको दाँजोमा यस पटक जटिल अवस्थाका बिरामीहरूमा युवा र बालबालिकाको संख्या उल्लेख्य पाइएको औंल्याउँदै सशस्त्र प्रहरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. रोशनकुमार झाले भने, ‘अहिले धेरैमा निमोनिया देखिएको छ, जसमा बच्चाहरूसमेत छन् । बिरामीहरूलाई अक्सिजनको आवश्यकतासमेत पहिलेको दाँजोमा बढी परिरहेको देखिन्छ ।’
कोरोनाको दोस्रो लहर आउने संकेतका पछाडि भाइरसको नयाँ स्ट्रेन र डबल म्युटेन्ट भाइरस जिम्मेवार रहेको विज्ञहरूले औंल्याएका छन् । छिमेकी मुलुक भारतमा डबल म्युटेन्ट भाइरस पुष्टि भइसकेको छ । नेपालमा पनि केही व्यक्तिमा कोरोनाको बेलायती भेरिएन्ट देखिएको छ । हाल पुष्टि भएको भाइरसको नयाँ भेरिएन्ट ४ देखि ६ गुणासम्म तीव्र गतिले विस्तार हुने विभिन्न अध्ययनबाट प्रमाणित भएको डा. झा बताउँछन् । उनका अनुसार नयाँ भेरिएन्टले गर्दा लक्षणसहितको संक्रमण बढ्ने देखिएको छ ।
पछिल्लो समय संक्रमितहरू ढिलो र जटिल अवस्था भएपछि मात्र अस्पताल आउने गरेको भन्दै स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले चिन्ता व्यक्त गरे । यसअघि शंका लाग्नेबित्तिकै उपचार गराउँदा समयमै रोगको पहिचान भई संक्रमण जटिलतातर्फ जाने सम्भावना कम देखिएको उनले स्मरण गरे । उनले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन र लक्षण देखिनेबित्तिकै उपचार गराउन सुझावसमेत दिए ।
कान्तिपुर दैनिकबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया