अमेरिकासँग नेपालको १०६ रनको लज्जासपद हार

विदुर खबर २०८२ कार्तिक ९ गते १८:३६

नुवाकोट । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपाल पराजित भएको छ ।

Advertisement

लिग टु को १५औं सिरिज अन्तर्गत युएईको दुबईमा भएको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो ।

नेपाललाई हराएपछि २१ खेलबाट ३० अंक जोडे अमेरिका स्कटल्याण्डलाई रनरेटमा पछि पार्दै लिग टु को शीर्ष स्थानमा उक्लेको छ । नेपाल १७ खेलबाट १२ अंकसहित सातौं स्थानमा छ ।

Advertisement

स्पीनर हर्मित सिंहले सानदार बलिङ गर्दै ६ विकेट लिएपछि अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ अलआउट भयो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए भने आसिफ शेखले ३७ तथा भिम शार्कीले २९ रन जोडे । आरिफ शेखले २० रन बनाए ।

Advertisement

नेपाललाई अलआउट गर्न अमेरिकाका हर्मित सिंहले ८.१ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर ६ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियो ।

अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ७५ रन बनाए । १०० बल खेलेका पटेलले ९ चौका प्रहार गरे ।

यस्तै मिलिन्द कुमारले ५० बल खेल्दै ६ चौका र २ छक्का मद्तमा अविजित ७० रन बनाए ।

साइतेजा मुक्काकालाले ५८ बल खेल्दै ३ चौका र १ छक्काको मदतमा ४२ रन योगदान गरे ।

४८ रनमा २ विकेट गुमाएको अमेरिकाका लागि स्मित पटेलल र साइतेजाले तेस्रो विकेटका लागि ९५ रनको महत्वपुर्ण साझेदारी गरेको थिए । यी दु२ ब्या६र क्रिजमा हुँदा अमेरिकाले ठुलो स्कोर बनाउने संकेत देखाएको थियो ।

तर स्मित पटेल ३३औं ओभरमा रनआउट हुनु र साइतेजा ३५औं ओभरमा आउट भएपछि अमेरिका दबाबमा परेको थियो ।

तर मिलिन्द कुमारले उत्कृष्ट ब्याटिङ गर्दै टिमका लागि राम्रो स्कवर बनाउन सहयोग गरे । अमेरिकाले अन्तिम दुई ओभरमा ३२ रन जोडेको थियो ।

प्रतिक्रिया