केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
नुवाकोट । नुवाकोटको विदुर ६ मा रहेको केन्द्रीय कारागार जाने सडक पुन : निर्माण भइरहेको छ ।

विदुर नगरपालिका–५ र ६ स्थित लामिबगैचा, बाणाचौतारा हुँदै केन्द्रीय कारागारसम्म जाने सडक पक्की बनाउने कार्य गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत प्राप्त बजेटबाट उक्ते सडकको स्तरोन्नति, ढलान तथा अस्फाल्ट–कालोपत्रे राख्ने कार्य गरिएको हो ।

उक्त सडकको स्तरोन्नतिसँगै केन्द्रीय कारागार नुवाकोट जानका साथै स्थानीयवासी लाई आवागमन सहज हुने र विकासको गति अझ बढ्ने विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको भनाई छ ।
विदुर नपा मात्रै नभई समग्र नुवाकोट पर्यटकीय गन्तव्ययुक्त रहेकोमा यस मोटर बाटोको निर्माणले झनै सुविधा पुग्ने उहाँले बताउनु भयो ।
उक्त सडकको ढलान कार्यको मेयर श्रेष्ठ, विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेलगायतका जनप्रतिनिधि तथा प्राविधिहरुले स्थलगत अवलोकन तथा निरीक्षणसमेत गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया