उपाधि विजेता खेलाडीलाई विदुर नगरपालिकाको सम्मान
नुवाकोट । विदुर नगरपालिकाले शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको विजेता बन्न सफल आफ्ना खेलाडीहरुलाई सम्मान गरेको छ ।
शुक्रवार विदुर नगर खेलकुद विकास समितिको आयोजनमा भएको कार्यक्रममा प्रतियोगिताको विजेता टोलीलाई नगदसहित सम्मान गरिएको हो । नगरपालिकाले प्रतियोगिताको उपाधि विजेता टोलीका प्रत्येक सदस्यलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरेको विदुर नगर खेलकुद विकास समितिका संयोजक उद्धव पनेरुले जानकारी दिए ।
यस्तै प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका आकाश रानामगरलाई नगरपालिकाले २५ हजार रुपैयाँ र विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जितले थप ५ हजार रुपैयाँ प्रदान गरेका छन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपिङ गरेका सुर्य तामाङलाई पनि नगरपालिकाले थप १० हजार रुपैयाँ प्रदान गरेको छ ।
कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले नगरपालिकाले खेलक्षेत्रलाई प्राथमिकता दिएर अगि बढीरहेको बताए । उनले नगरपालिकाले गरेको लगानीलाई खेलाडीहरुले खेर जान नदिएको भन्दै खुशी व्यक्त गरे ।
कार्यक्रममा नगरपालिकाका उपमेयर गिता दाहाल, जिल्ला खेलुकुद विकास समिति पुर्व अध्यक्ष वुद्धि प्रधान, विदुर नगर खेलकुद विकास समितिका संयोजक उद्धव पनेरु लगायतले जिल्लामा पछिल्लो समय खेलकुद गतिविधि बढेकोले नगरपालिकाले त्यसलाई प्राथकिता दिएर आगि बढेको बताए ।
शिवपुरी गाउँपालिकालको सुनखानीमा बुधवार भएको फाइनल खेलमा आयोजक शिवपुरी गाउँपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै विदुरले उपाधि उचालेको थियो ।
प्रतियोगितामा विदुर नगरपालिकाका आकाश रानामगरले सर्वाधिक गोल गरेका थिए भने गोलरक्षक सुर्य तामाङ उत्कृष्ट गोलरक्षक घोषित भएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया