उपाधि विजेता खेलाडीलाई विदुर नगरपालिकाको सम्मान

विदुर खबर २०७७ चैत २८ गते १४:१२

नुवाकोट । विदुर नगरपालिकाले शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको विजेता बन्न सफल आफ्ना खेलाडीहरुलाई सम्मान गरेको छ ।

Advertisement

शुक्रवार विदुर नगर खेलकुद विकास समितिको आयोजनमा भएको कार्यक्रममा प्रतियोगिताको विजेता टोलीलाई नगदसहित सम्मान गरिएको हो । नगरपालिकाले प्रतियोगिताको उपाधि विजेता टोलीका प्रत्येक सदस्यलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरेको विदुर नगर खेलकुद विकास समितिका संयोजक उद्धव पनेरुले जानकारी दिए ।

यस्तै प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका आकाश रानामगरलाई नगरपालिकाले २५ हजार रुपैयाँ र विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जितले थप ५ हजार रुपैयाँ प्रदान गरेका छन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपिङ गरेका सुर्य तामाङलाई पनि नगरपालिकाले थप १० हजार रुपैयाँ प्रदान गरेको छ ।

Advertisement

कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले नगरपालिकाले खेलक्षेत्रलाई प्राथमिकता दिएर अगि बढीरहेको बताए । उनले नगरपालिकाले गरेको लगानीलाई खेलाडीहरुले खेर जान नदिएको भन्दै खुशी व्यक्त गरे ।

कार्यक्रममा नगरपालिकाका उपमेयर गिता दाहाल, जिल्ला खेलुकुद विकास समिति पुर्व अध्यक्ष वुद्धि प्रधान, विदुर नगर खेलकुद विकास समितिका संयोजक उद्धव पनेरु लगायतले जिल्लामा पछिल्लो समय खेलकुद गतिविधि बढेकोले नगरपालिकाले त्यसलाई प्राथकिता दिएर आगि बढेको बताए ।

Advertisement

शिवपुरी गाउँपालिकालको सुनखानीमा बुधवार भएको फाइनल खेलमा आयोजक शिवपुरी गाउँपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै विदुरले उपाधि उचालेको थियो ।

प्रतियोगितामा विदुर नगरपालिकाका आकाश रानामगरले सर्वाधिक गोल गरेका थिए भने गोलरक्षक सुर्य तामाङ उत्कृष्ट गोलरक्षक घोषित भएका थिए ।

प्रतिक्रिया