रसुवामा जनगणना २०७८ को तयारी सुरु
रसुवा । रसुवामा राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय रसुवामा एक कार्यक्रमको आयोजना गरी जनगणना संकलनका लागि आवश्यक प्रक्रिया सुरु गरिएको जनाइएको हो ।
जिल्लामा कार्यालय स्थापना गरी आवश्यक तयारीका प्रक्रिया सुरु गरिएको जनगणना कार्यालय रसुवाका प्रमुख कपिल धितालले बताए । जनगणनाका लागि जिल्लाका २७ वटा वडामा ७८ जना गणक र २१ जना सुपरीवेक्षक परिचालन हुनेसमेत उनले बताए ।
सुपरीवेक्षकहरूलाई आगामी वैशाख १६ देखि २२ गतेसम्म तालिम प्रदान गरिने भएको छ । वैशाख २६ देखि जेठ १४ सम्म घरपरिवार सूचीकरण कार्य गरिने भएको छ । जेठ १७ देखि २२ सम्म गणकहरूलाई तालिम प्रदान गरिने भएको छ । गणनाको कार्य भने जेठ २५ देखि असार ८ गतेसम्म हुने भएको जनाइएको छ ।
त्यसैगरी आगामी भदौ १ देखि संकलित जनगणनाको तथ्यांक प्रशोधन कार्य सुरु गरिने भएको छ । आगामी असोज मसान्तसम्ममा प्रारम्भिक नतिजा सार्वजनिक गर्ने र २०७९ वैशाखमा अन्तिम नतिजा सार्वजनिक गरिने राष्ट्रिय जनगणना कार्यालय रसुवाले जनाएको छ ।
जिल्लामा ६८ प्रतिशत तामाङ समुदायको बसोवास रहेकाले तथ्यांक संकलनमा भाषागत त्रुटि नहुनका लागि सोही क्षेत्रका गणक र सुपरीवेक्षकले कार्य गरेमा तथ्यपरक तथ्यांक आउने सरोकारवालाहरूले बताएका छन् । दश वर्षपछि हुन लागेको जनगणनामा तथ्यअंकमा आधारित रहेर जनगणनामा सहभागी हुन सबै नागरिकलाई आग्रह गरिएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार रसुवामा ४३ हजार तीन सय रहेकोमा सन् २०२१ सम्ममा ४५ हजार दुई सय पुगेको प्रक्षेपण गरिएको राष्ट्रिय जनगणना कार्यालय रसुवाले जनाएको छ ।
‘मेरो गणना : मेरो सहभागितामा’ भन्ने नाराका साथ सुरु गर्न लागिएको राष्ट्रिय जनगणनामा सहज पहुँच, उच्च नेटवर्क र व्यवस्थापनजस्ता पक्षका आधारमा ट्याबलेट र कागजी प्रश्नावली प्रणाली हुँदै विदेशस्थित कूटनीतिक नियोगमा द्वितीय गणनामार्फत राष्ट्रिय जनगणना सम्पन्न गर्ने लक्ष्य राखेको बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया