बेलकोटगढी, पञ्चकन्या र ककनी शिवपुरी गोल्डकपको क्वाटरफाइनल प्रवेश
नुवाकोट । बेलकोटगढी नगरपालिका, पञ्चकन्या गाउँपालिका र ककनी गाउँपालिका नुवाकोटको शिवपुरी गाउँपालिकामा भइरहेको शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बेलकोटगढीले नगरपालिकाले म्यागङ गाउँपालिकालाई ३–० को अन्तरले पराजित गरेपछि समूह बि को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । बेलकोटगढीका लागि विकेश लामाले खेलको सुरु भएको पहिलो मिनेटमा नै गोल गरे । त्यसपछि सन्दिप पुडासैनीले ४५ मिनेटमा र अमृत थिङ लामाले निर्धारित समय सकिएपछि थप गरिएको समयमा गोल गरेपछि बेलकोटगढीले म्यागङलाई ३–० गोल अन्तरले पराजित गर्न सफल भयो । बेलकोटगढीका सन्दिप पुडासैनी म्यान अफ द म्याच घोषित भए ।
त्यसैगरी शनिबारको दोस्रो खेलमा पञ्चकन्या गाउँपालिकाले दुप्चेश्वर गाउँपालिकालाई २–१ ले परातिज ग¥यो । जीतसँगै पञ्चकन्या क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । पञ्चकन्याका लागि सञ्जय शाहीले ५ औं र १५ औं मिनेटमा गोल गरे । दुप्चेश्वरका राकेश दोङले ३८ औं मिनेटमा एक गोल फर्काए । पञ्चकन्याका सुवास तामाङ म्यान अफ द म्याच भए ।
त्यस्तै शनिबारको तेस्रो खेलमा सुर्यगढी गाउँपालिकाले तारकेश्वर गाउँपालिकालाई २–० ले पराजित गरेको छ । यो जीतसँगै सुर्यगढी समूह सि को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुर्यगढीका लागि खेलको ६० र ६८ औं मिनेटमा निशान श्रेष्ठले गोल गरे । खेलको अन्तिम समयमा तारकेश्वरले पेनाल्टीको मौका पाएको थियो । तर तारकेश्वरका गोविन्द रिमालले प्रहार गरेको पेनाल्टी सुर्यगढीका गोलकिपर विक्रम गुरुङले रोके । उनी नै खेलको म्यान अफ द म्याच भए ।
तारकेश्वरको हारपछि ककनी गाउँपालिका समूह सि बाट उप विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा अब शिवपुरी र ककनी तथा सुर्यगढी र पञ्चकन्याबीच प्रतिष्पर्धा हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया