शिवपुरी अन्तरपालिका स्तरीय फुटवल प्रतियोगिता शुरु

विदुर खबर २०७७ चैत १८ गते १६:५२

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकामा बुधबारबाट शिवपुरी अन्तरपालिका स्तरीय फुटवल प्रतियोगिता शुरु भएको छ ।

Advertisement

प्रतियोगिताको पुर्व अर्थमन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले उद्घाटन गरेका हुन् । प्रतियोगितको उद्धघाटन खेलमा आयोजक शिवपुरी गाउँपालिकाले दुप्चेश्वर गाउँपालिकासँग प्रतिष्पर्धा गरिरहेको छ ।

प्रतियोगितामा विजेता टोलीले नगद ६ लाख र ट्रफी पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले ट्रफीका साथमा नगद क्रमश ४ लाख र २ लाख पाउनेछन् ।

Advertisement

आगामी चैत्र २५ गतेसम्म संचालन हुने प्रतियोगितामा नुवाकोटकोे १२ स्थानिय तहको सहभागिता रहेको छ ।

प्रतिक्रिया