विदुर नगरपालिकाद्धारा खेलाडी तथा अफिसियलहरूलाई खेल सामाग्री वितरण

विदुर खबर २०७७ चैत १७ गते १९:३२

नुवाकोट । विदुर नगरपालिकाले शिवपुरी गाउंपालिकामा भोलिदेखि शुरु हुन लागेको शिवपुरी गोल्डकप अन्तरपालिका स्तरीय फुटवल प्रतियोगितामा भाग लिने खेलाडी तथा अफिसियलहरूलाई खेल सामाग्री वितरण गरेको छ ।

Advertisement

मंगलवार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि प्रतियोगितामा सहभागि हुने खेलाडी तथा अफिसियलहरूलाई खेल सामाग्री वितरण गरिएको विदुर नगरपालिकाकी उपमेयर गिता अर्यालले जानकारी दिइन् ।

कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले खेलाडीहरुले उत्कृष्ट खेल पस्कदैँ उपाधि जित्नेमा आफु विस्वस्त रहेको बताए । यस्तै उपमेयर अर्यालले नगरपालिकाले विगतदेखिनै खेलकुद क्षेत्रमा ठुलो लगानी गरेकोले त्यसको नजिता खेलाडीले देखाउने आशा व्यत्त गरिन ।

Advertisement

प्रतियोगितामा सहभागि हुने खेलाडी तथा अफिसियलहरूलाई विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित र उपमेयर अर्यालले खेल सामाग्री वितरण गरेका हुन् । वितरण गरिएको खेल सामाग्रीमा जर्सि र ट्रयाकसुट सेट रहेका छन् ।

खेलाडीहरुलाई शुभकामना दिँदै नगरपालिकाकी उपमेयर गिता दाहाल अर्याल ।

खेलाडी विदाई कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत मोहन मरासिनी, शिक्षा तथा खेलकुद शाखा प्रमुख दिवाकर चापागाई, वडा नं १ का वडाध्यक्ष लेनिन रञ्जित, वडा न ९ का वडाध्यक्ष शनि चित्रकार लगायको उपस्थिति रहेको थियो ।

Advertisement

भोलिबाट संचालन हुने प्रतियोगिता अन्र्तगत विदुर नगरपालिकोको पहिलो खेल १९ गते विहान ७ बजे किस्पाङ गाउँपालिकासँग हुनेछ ।

प्रतियोगितामा नुवाकोटका १२ स्थानिय तहका खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन ।

प्रतिक्रिया