लिखु गाउँपालिकाद्धारा खेलाडीहरुलाई पोसाक वितरण

विदुर खबर २०७७ चैत १७ गते ११:४७

नुवाकोट । शिवपुरी गाउँपालिकाको वडा नं. ७ सुनखानीममा भोलिदेखि हुन लागेको शिवपुरी अध्यक्ष अन्तरपालिका स्तरीय गोल्डकप फुटबल प्रतियोगितामा सहभागि हुने आफ्ना खेलाडीहरुलाई लिखु गाउँपालिकाले खेल पोसाक वितरण गरेको छ ।

Advertisement

मंगलवार क्षेत्रपाल माध्यामिक विद्यालयमा आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठले प्रतियोगितामा सहभागि हुने गाउँपालिकाका खेलाडीहरुलाई जर्सी, र ट्याक सुट वितरण गरेका हुन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रेष्ठले प्रतियोगितामा खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्ने विश्वास व्यत्त गरेका थिए ।

नुवाकोटका १२ ओटा स्थानिय तहको सहभागिता रहने प्रतियोगिता लिगकम नहआउटका आधारमा संचालन हुने छ ।

Advertisement

प्रतियोगितामा विजेता टोलीले नगद ६ लाख र ट्रफी पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले ट्रफीका साथमा नगद क्रमश ४ लाख र २ लाख पाउनेछन् ।

प्रतिक्रिया