शिवपुरी अध्यक्ष गोल्डकप प्रतियोगिता चैत्र १८ गतेदेखि

विदुर खबर २०७७ चैत १५ गते १९:५६

नुवाकोट । शिवपुरी अध्यक्ष अन्तरपालिका स्तरीय गोल्डकप फुटबल प्रतियोगिता यहि चैत्र १८ गतेदेखि हुने भएको छ ।

Advertisement

शिवपुरी गाउँपालिकाको वडा नं. ७ सुनखानीमा रहेको आप्mनै फुटबल रंगशालामा खेलाइने प्रतियोगिता लिगकम नकआउट प्रणालीमा हुनेछ । प्रतियोगितामा विजेता टोलीले नगद ६ लाख र ट्रफी पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले ट्रफीका साथमा नगद क्रमश ४ लाख र २ लाख पाउनेछन् ।

प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन तथा आन्तरीक समिक्षा बैठकमा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले प्रतियोगिता सञ्चालनका लागि सबै तयारी पुरा भएको जानकारी दिए ।

Advertisement

समिक्षा बैठकमा शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि गठन गरिएका विभिन्न उपसमितिका संयोजकहरुले प्रगती विवरण प्रस्तुत गरेका थिए । शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीको संयोजकत्वमा स्वागत तथा अतिथि सत्कार उप समिति, वडा नं ४ का वडा अध्यक्ष झमकराज गुरुङको संयोजकत्वमा प्रायोजन व्यवस्थापन तथा स्वयंसेवक परिचालन उप समिति, वडा नं. ७ का वडा अध्यक्ष माधव प्रसाद भेटवालको संयोजकत्वमा मञ्च तथा खाना बासस्थान व्यवस्थापन उप समिति, वडा नं. ५ का वडा अध्यक्ष सिताराम थापाको संयोजकत्वमा स्वास्थ्य उपचार व्यवस्थापन उप समिति, वडा नं. २ का वडा अध्यक्ष रुद्र बहादुर गुरुङको संयोजकत्वमा निमन्त्रणा तथा कार्यक्रम सञ्चालन उप समिति र वडा नं. ६ का वडा अध्यक्ष लाल बहादुर तामाङको संयोजकत्वमा खेलाडी छनौट तथा व्यवस्थापन उप समिति गठन गरिएको थियो ।

प्रतियोगिताका लागि शिवपुरी गाउँपालिकाले खेलाडी छनौट गरेर प्रशिक्षण प्रदान गरिरहेको छ । त्यस्तै अन्य स्थानीय तहले पनि खेलाडी छनौट गरिसकेका छन् । प्रतियोगितामा नुवाकोट जिल्लाका १२ वटा स्थानीय तहले भाग लिनेछन् ।

Advertisement

प्रतिक्रिया